spot_img

बाँकेबाट ल्याइएका कैदीबन्दीले फोडे भक्तपुरस्थित बाल सुधारगृहको गेट

spot_img

भक्तपुर,भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा राखिएका कैदीबन्दी भगाउन बाँकेको डुडुवास्थित जयेन्दु सुधारगृहबाट सारिएका कैदीबन्दीको खास भूमिका रहेको पाइएको छ । विगतमा जयेन्दु बाल सुधारगृहमा रहेका जबर्जस्ती करणी मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तव्य ज्यान मुद्दाका पुरन चौधरीको योजनामा सोमबार सानोठिमीस्थित सुधारगृहको ढोका फोडिएको हो ।

उनीहरू चारैजना गत १५ पुसमा बाँकेको सुधारगृहबाट फरार भएका थिए । २९ माघमा पक्राउ गरेपछि सरुवा गरेर सानोठिमी ल्याइएको थियो । ढोका फोडिएपछि सोमबार एकसाथ दुई सय २१ कैदीबन्दी भागेका थिए । तर, साँझसम्म दुई सय चार पक्राउ परेका छन् भने बाँकी १७ भने अझै फरार छन् ।

एसपी प्रतिज केसी, प्रमुख, जिल्ला प्रहरी परिसर भक्तपुर
सुधारगृह तोडफोड भयो । कैदीबन्दी भागे । जसमध्ये केही बाँकेबाट सरुवा गरेर ल्याएकाहरू रहेको सूचना छ । उनीहरूलाई किन ल्याइएको थियो, यसअघि कस्ता कसुर गरेका थिए ? यस विषयमा अनुसन्धान गर्न भ्याएको छैन । पहिले फरार भएकाहरू पक्राउ गर्नतर्फ लागेका छौँ ।

कारागार तोडफोड गर्न र कैदीबन्दी भगाउन उक्साउने कार्यमा उनीहरूको भूमिका रहेको सुधारगृह व्यवस्थापक युसिइपी (अन्डर प्रिभिलेज चिल्ड्रेन प्रोग्राम)का निर्देशक केशव सुवालले जानकारी दिए । उनले भने, ‘सुधारगृहमा केही कैदीबन्दी बाँकेबाट सरुवा गरी ल्याइएका थिए । सुधारगृह तोडफोड र कैदीबन्दी भगाउने कार्य उनीहरूकै संलग्नतामा भएको देखिन्छ । बाँकेमा छँदा पनि उनीहरूले बदमासी गरेको खुलेको छ । त्यसअघि उनीहरू कपिलवस्तुस्थित सुधारगृहमा थिए । त्यहाँ पनि बदमासी गरेको सूचना छ ।’

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रतिज केसीले सुधारगृहबाट भाग्नेमध्ये केही कैदीबन्दी बाँकेबाट ल्याइएको सूचना प्राप्त भएको बताए । ‘सुधारगृह तोडफोड भयो । कैदीबन्दी भागे । जसमध्ये केही बाँकेबाट सरुवा गरेर ल्याएकाहरू रहेको सूचना छ । उनीहरूलाई किन ल्याइएको थियो, यसअघि कस्ता कसुर गरेका थिए ? यस विषयमा अनुसन्धान गर्न भ्याएको छैन । पहिले फरार भएकाहरू पक्राउ गर्नतर्फ लागेका छौँ,’ उनले भने ।

सानोठिमी सुधारगृहमा दुई सय ९८ कैदीबन्दी राखिँदै आएको छ । केही महिनादेखि उनीहरूले सुधारगृह व्यवस्थापनप्रति असन्तुष्टि राख्दै आएका थिए । यहीबीचमा शनिबार रामेछापको मन्थली नगरपालिका– ३ कठजोरका २१ वर्षीय कमल बस्नेत बिरामी परेका थिए । औषधि खाइरहेका उनको स्वास्थ्य आइतबार अचानक बिग्रिएपछि युसिइपीले अस्पताल लगेको थियो । तर, उनको बाटोमै मृत्यु भएको थियो । युसिइपीले उपचारमा ढिलाइ गर्दा बस्नेतको मृत्यु भएको कैदीबन्दीको आरोप छ । यही विषयलाई लिएर सुधारगृहमा रहेका कैदीबन्दी आइतबार बेलुकादेखि नै आन्दोलित थिए । सोमबार बिहान उनीहरूको आन्दोलनले उग्र रूप लिएको थियो । व्यवस्थापनको विरोधमा मृतक बस्नेतका परिवारले सुधारगृह परिसरमा आन्दोलन गर्न थालेपछि उनीहरू अझ उत्साहित भए ।

आक्रोशित उनीहरू सुधारगृहको गेट तोडफोडमा उत्रिए । पर्खाल भत्काउन उद्यत् भए । सुधारगृहको सुरक्षामा रहेका प्रहरीलाई इँटा टिपेर प्रहार गर्न थाले । केही कैदीबन्दी सुधारगृहको छतमा पुगेर पनि सुरक्षाकर्मीमाथि इँटा प्रहार गर्न थाले । केहीबेरमै उनीहरू गेट तोडेर बाहिर निस्किए ।

बाहिर निस्किएको मौकामा केही कैदीबन्दी फरार भए । केही आपसमा भेला भएर सडकमा नाराबाजीमा उत्रिए । हातमा बाँसका भाटा बोकेका उनीहरू अर्धनग्न बने । खुलेआम मार्चपास गर्दै कोटेश्वरसम्म आइपुगे । प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी केसीले अझै फरार रहेका २६ जनाको खोजी भइरहेको बताए ।

सुधारगृह तोडफोड र कैदीबन्दी फरार भएको घटना सार्वजनिक भएपछि सुधारगृह परिसरमा अभिभावक चिन्तित देखिन्थे । सुधारगृहले आफ्ना नानीबाबु भेट्न नदिएको र उनीहरूको अवस्थाबारे जानकारी नदिएको अभिभावकको गुनासो थियो । सुधारगृह परिसरमा भेटिएका उनीहरू भन्दै थिए, ‘सुधारगृहमा कैदीबन्दीको रहस्यमय मृत्यु भएको छ । यसको कारण बुझ्न सकिएन । सुधारगृह नै तोडफोड भयो । यही मेसोमा नानीबाबुहरू भागेका छन् । उनीहरू पक्राउ परे कि फरार छन् ? उनीहरूको अवस्थाबारे बुझ्न सकिएन । सुधारगृह प्रशासनले पनि यसबारेमा जानकारी दिएको छैन ।’

घटना अनुसन्धान गर्न समिति गठन
सुधारगृहमा कैदीबन्दीको मृत्यु, त्यसपछि भएको तोडफोड तथा फरार घटना अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले छानबिन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा गठन भएको समितिमा प्रहरी परिसर भक्तपुर र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतनिधि छन् । समितिले बाल सुधारगृहमा भएका सबै घटनाको छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

‘सानोठिमीस्थित सुधारगृहमा भएको घटना छानबिन गर्न समिति गठन भएको छ । समितिले सुधारगृहमा कैदीबन्दीको मृत्यु, त्यसपछि भएको तोडफोड र फरार घटना सम्बन्धमा अनुसन्धान गर्नेछ । दोषी देखिएकाविरुद्ध कानुनी कारबाही हुनेछ,’ उनले भने ।अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img