spot_img

हाइप्राेफाइल सहित ३ सय जनामाथि मुद्दा चलाउने राय सहित सिआइबीले बुझायो प्रतिवेदन

spot_img

काठमाडाैँ,ललितानिवास जग्गा हिनामिनाको छानबिन सम्पन्न गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

ललितानिवास जग्गा हिनामिनाको छानबिन सम्पन्न गरी सिआइबीले जिल्ला सरकारी वकिल कार्यालयलाई आज प्रतिवेदन बुझाएको एसपी नवराज अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार संगठित अपराध र किर्ते मुद्दामा करिब तीन सय प्रतिवादीमाथि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ।

सिआइबीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग आइतबार बेलुका घरमै पुगेर बयान लिएको थियो। यस्तै, सोमबार साँझ पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले सिआइबीको कार्यालय पुगेर बयान दिएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img