spot_img

अबदेखि अध्यक्ष र प्रधानमन्त्री नबन्ने ओलीकाे घाेषणा

spot_img

काठमाडाैँ,प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट आफू पार्टी अध्यक्ष र आगामी निर्वाचन पश्चात प्रधानमन्त्री नबन्ने स्पष्ट पारेका छन् ।

शनिवार सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले आफूले यसबारे स्थायी कमिटी बैठकमा यसअघि नै बताइसकेको भन्दै अझ यो भन्दा बढी के त्याग गर्नुपर्ने हो भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोधेका छन् ।

उनले भनेका छन्, तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ? दुई वर्षपछि आम निर्वाचन हुन्छ ।

उनले आगामी निर्वाचनमा पनि नेकपाको विजय यात्रा जारी नै रहने बताएका छन् । उनले प्रश्न शोधेका छन्, के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौँ भने हामीसँग लाखौँ कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?

उनले त्यागको शिलशीला आजैबाट शुरू गर्न पनि आह्वान गरेका छन् । उनले भनेका छन्, म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img