काठमाडौं,नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य बढेको छ।अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।आज चाँदी प्रतितोला १ हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको थियो।मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।