काठमाडाैँबाट पाेखरा जाँदै गरेकाे बस धादिङको छहरानजिकै त्रिशुलीमा खस्यो
काठमाडौं, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवारका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः १० बजे दुर्घटनामा परेको हो ।
गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे मा पर्ने छहरा झरना नजिकै दुर्घटनामा परेको उनको भनाइ छ । दुर्घटनामा परेको बसमा कति यात्रु थियो भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।