spot_img

चिनियाँ राष्ट्रपतिपछि उच्चस्तरको भ्रमण हुँदै, रक्षामन्त्री वेई फेङ्हे आज नेपाल भ्रमणमा आउने

spot_img

काठमाडौं, चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उनी आजै बेलुका फर्किने कार्यक्रम तय भएको छ । चीनको राज्य सल्लाहकार, केन्द्रीय सेना आयोगका सदस्य र गणतन्त्र चीनको रक्षामन्त्रीसमेत रहेका फेङहे एकदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रधान सेनापति पूर्णचन्द्र थापालगायतसँग भेटवार्ता गर्नेछन् । रक्षामन्त्री फेङहेको भ्रमणलाई नेपाली सेनाले कार्य भ्रमण भनेको छ । उनको वर्तमान परिस्थितिमा सुरक्षा, रक्षा र सैन्यदेखि द्विपक्षीय सैनिक सहयोग एजेन्डामा उच्च प्राथमिकतामा राखिएको छ ।
नेपाली सेना र चीनको जनमुक्ति सेना (पीएलए) बीच लामो र बलियो सम्बन्ध छ । पीएलएले नेपाली सेनाको आधुनिकरणका लागि सहयोग गर्दै आएको छ । गतवर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा हुँदा नेपाली सेनाका लागि १५० मिलियन आरएमबी (चिनियाँ मुद्रा) सहयोग गरेको थियो । चिनियाँ पक्षले पठाउने भनेको सो सामग्री कोरोना महामारीका कारण रोकिएको थियो ।

राष्ट्रपति सी चिनफिङपछि रक्षामन्त्री फेङहे दोस्रो वरिष्ठ नेता हुन्, जो नेपाल भ्रमण गर्दैछन् । उनको सुरक्षार्थ नेपाली सेनाले उच्च सैनिक सुरक्षा प्रदान गर्ने भएको छ । फेङ्हेको नेतृत्वमा उनका मन्त्रालयका सदस्यहरु, अनुवादक र अन्य महत्वपूर्ण व्यक्तित्वहरु सहभागी हुनेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img