spot_img

भिम उपाध्यायलाइ पक्राउ गर्ने तयारीमा प्रहरीःगाेरूकाे मासु खाएकाे भन्दै चितवनकी पूर्णमायाकाे चरित्र हत्या गरेकाे भन्दै दिइन् उजुरी

spot_img

चितवन,पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकबाट भरतपुर १६, चितवनकी पूर्णमाया गुरुङसँग कुरा मिलिसकेको बताएपनि गुरुङले भने आफू कानूनी प्रकृयामा गइसकेकोले उपाध्यायले गरेको गाली बेइज्जतीको उपचार कानूनबाटै खोजिने बताएकी छन् ।

उनले आफूले बिना अपराध सामाजिक सञ्जालबाट खेपेको गाली बेइज्जती बिरुद्ध प्रहरीमा गइसकेपछि कसैले जबरजस्ती उजुरी फिर्ता गर भनेर नहुने बताएकी हुन् ।

गुरुङले भनिन्,‘मैले सामाजिक सञ्जालको त्यो पोष्टमा म धरानको होइन र मैले गोरुको मासु खाएको होइन भनेर पटक पटक भनेँ । पोष्ट हटाउन अनुरोध गरेँ । तर, वास्ता भएन । अब कानूनी प्रकृयामा गइसकेको छु । मैले होइन निर्णय कानूनले नै गर्छ ।

उनले उपाध्यायलाई फोन नगर्नु भनेर पटक पटक बताउँदा पनि हैरान गरेपछि उनको नम्बर नै ब्लक गरिदिएको पनि बताइन् । आफ्नो सामाजिक बेइज्जतीको पीडा एक फोन कलबाट सरी भनेर नभरिने भएकोले उनले सामाजिक सञ्जालमा भनेजस्तो माफी नदिएको जानकारी दिइन् ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले पनि हिजो साइबर अपराधमा उजुरी दर्ता भइसकेको र अनुसन्धान प्रकृयामा प्रहरी गइसकेको जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img