spot_img

खेलकुदमन्त्री लिम्बूलाई डेंगु संक्रमण, वीर अस्पताल भर्ना

spot_img

काठमाडौँ, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण भएको छ।शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु संक्रमण देखिएपछि उपचारका लागि मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका थिए।

चेकजाँचमा उनमा डेंगु संक्रमण देखिएो मन्त्री लिम्बूका स्वकीय सचिव रोशन राईले जानकारी दिए।मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए।

वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ।मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए।उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img