spot_img

एचआइडीसीएलद्वारा डाेल्पामा निर्माणाधिन जगदुल्ला हाइड्राेमा ४ अर्ब रुपैयाँ लगानी गर्ने सहमति

spot_img

काठमाडौं,हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले डाेल्पामा निर्माणाधिन जगदुल्ला हाइड्राेमा ४ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ।

शुक्रबार एचआइडीसीएलले आयोजनालाई ऋण स्वीकृत पत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका हुन्। एभरेष्ट बैंकले सहवित्तीयरकरण फर्मको नेतृत्व गर्नेछ।

डोल्पामा निर्माण हुने लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा एचआइडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्ने सहमति गरेको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको यो आयोजना निर्माणका लागि करिब २३ अर्ब रुपैयाँ लाग्‍ने अनुमान छ।

सबै खालका अध्ययन सकिएको यो आयोजनाको फाइनान्सियल क्लोजर गर्ने अन्तिम तयारी भइरहेको कम्पनीका सीईओ सञ्‍जय सापकोटाले बताए। उनका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीयकरण फर्म बन्‍नेछ। जसमा नबिल बैंकलगायत फर्ममा सहभागी हुनेछन्। सीईओ सापकोटाका अनुसार यो आयोजना निर्माणले कर्णालीको विकासमा ठूलो सहायता गर्नेछ। उनले जलविद्युत् आयोजनाले सडकसँगै टेलिकमको सेवा समेत लगेको छ।

‘हामी साइटमा जादा १६ देखि १८ घण्टा हिँड्नुपर्थ्यो। अहिले पहुँचमार्ग पुग्दैछ। फोनको टावर थिएन। अहिले टेलिकमले राखिदिएको छ,’ उनले भने, ‘यो आयोजना बनेपछि अहिलेको कर्णालीको विद्युतीकरण असजता हट्छ। हामी आगामी वर्षदेखि निर्माण जादैछौ।’ उनका अनुसार अहिले निर्माण पूर्व तयारीका कामहरु धमाधम भइरहेका छन्। यो अर्ध–जलाशय प्रकृतिको आयोजना हो।

ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले एचआइडीसीएलले धेरै वटा आयोजनामा लगानी गर्दै जाने बताए। उनका अनुसार सरकारले जलविद्युत् क्षेत्रको विकासका लागि काम गरिरहेको छ। अहिले मन्त्रालयले ग्रीन हाइड्रोजनसम्बन्धी नीति बनाइरहेको छ। ऊर्जा दशक मार्गचित्र बनाइरहेको छ भने विद्युत् खरिद सम्झौतासम्बन्धी नीतिगत व्यवस्थाका लागि अध्ययन सकेर स्वीकृतिका लागि प्राधिकरणको बोर्ड पठाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img