spot_img

भन्सार छली ल्याएका दुईवटा गाडी नियन्त्रणमा

spot_img

काठमाडौं, महानगरिय अपराध महाशाखाले भन्सार छली ल्याएको आशंकामा दुईवटा गाडी नियन्त्रणमा लिएको छ । काठमाडौंको कपनबाट भारतीय नम्बर प्लेट रहेको टोयोटा फर्च्युनर कार र ललितपुर सानेपा बाटं होण्डा कार नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

नेपाली बजार मूल्य अनुसार टोयोटा फर्च्युनर को १ करोड ७० लाख र होण्डा कारको ५५ लाख मूल्य पर्दछ । यी कार भन्सार छली गरेर ल्याइएको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको अपराध महाशाखाले जनाएको छ ।

त्यसै गरि अपराध महाशाखाको टोलिले सुन तस्करी गरेको आरोपमा रामेछाप घर भएका गङ्गा बहादुर थापा मगर र तस्करी गरेको सुन किन्ने काठमाडौको कोटेश्वरमा सुन चादी ब्यवसाय गर्दै आएका तेह्रथुमका कुमार सेन्चुरी लाई पनि पक्राउ गरेको महाशाखा प्रमुख थापाले बताउनु भयो ।

प्रहरीले पक्राउ परेका गङ्गा बहादुरको साथ बाट ११ लाख रुपैया र खरिदकर्ता सेन्च्युरी को पसलबाट १ सय ५० ग्राम सुन बरामद गरोको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img