spot_img

एमसीसी कार्यान्वयन आजदेखि

spot_img

काठमाडाैँ,  अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ ।आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो ।पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ ।

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ ।यसमा नेपालले १३ करोड डलर थपेको छ । यो सहयोगले काठमाण्डौको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरुको निर्माण हुनेछ ।

यस्तै, कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नती हुनेछ ।एमसीसीबारे विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो ।

यो टिप्पणीलाई अमेरिकाले स्वीकार ग¥यो कि गरेन भन्ने बारेमा धेरै बहस भइरहेको छ ।हिजो अमेरिकी दुतावासले एक विज्ञप्ति निकालेर व्याख्यात्मक घोषणासँग अमेरिका सहमत रहेको जनाएको छ ।यसैबीच, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुग्नुभएको छ ।क्यामरुन आज अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img