spot_img

माओवादी केन्द्रको ३ महिने पार्टी सुदृढिकरण अभियान डाेल्पामा पनि तिव्रःनेतृत्व सुध्रिन र जनताकाे पक्षमा काम गर्न कार्यकर्ताकाे सुझाव

spot_img

पार्टीलाइ जिल्लाकाे पहिलाे पार्टी बनाउने नेताहरूकाे दावी

डाेल्पा,नेकपा माओवादी केन्द्रको पार्टीलाई व्यवस्थित र सृदृढ गर्न ३ महिने अभियान मुलुकभर जारी छ । “जनजनमा माओवादी, घरघरमा माओवादी” नारासहित ३ महिने अभियान डाेल्पामा पनि पार्टीकाे जिल्ला स्तरीय बैठक सम्पन्न भएसँगै अभियान लिएर नेताहरू गाउँगाउँ,घरघर पुग्ने क्रम जारी छ।

जिल्लाकाे दोस्रो विस्तारित बैठकक सम्पन्न भएकाे छ। पार्टीका स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल, तीन महिने अभियानमा डोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नरबहादुर बिष्ट, कर्णाली प्रदेश सरकारका मन्त्री उर्मिला विश्वकर्मा, प्रदेश सांसद तथा पुर्व मन्त्री वीर बहादुर शाहीलगायत जिल्ला नेतृत्व, पालिकाका अध्यक्ष, वडाध्यक्षसहित पार्टीका नेता कार्यकर्ताकाे बैठकमा उपस्थिति रहेकाे थियाे। बैठकले पार्टीको तीन महिने अभियानलाई कसरी सञ्चालन गर्ने भन्ने कुरामा दिशानिर्देश पनि गरेको जिल्ला संयोजक धर्मजित बाहोराले बताए। यो अभियानले आगामी चार वर्षपछि आउने चुनावमा जिल्ला एक नम्बर पार्टी बनाउन सहयोग गर्ने उनको भनाइ छ।

जिल्ला बैठक देखि नेताहरू गाउँगाउँ पुग्दा कार्यकर्ता र जनताले नेताहरूलाइ प्रश्नै प्रश्न गरेका छन्। पार्टीको मुल मर्म, कार्यदिशा श्रमजीवी, सर्वहाराको आवाज बोकेर हिँड्नुपर्ने जिल्लादेखि केन्द्रसम्म जितेपछि वास्तविक धरातल नभुल्न सुझाव दिए। लाेकतन्त्र,समावेशी, समानुपातिक, धर्मनिरक्षता दशवर्षे जनयुद्धको उपलब्धि भएपनि पार्टीका जनप्रतिनिधिहरु पार्टीको साझा हित लाग्नुपर्ने कार्यकर्ताकाे भनाइ छ। डोल्पाका स्थानीय तहमा निर्वाचित वडा सदस्य, अध्यक्ष, पालिकाका अध्यक्षदेखि सांसद, मन्त्रीले कार्यकर्ताको आवश्यकता, चाहाना र मर्म अनुसारको काम नगरेको भन्दै असन्तुष्टि पाेखे। त्यतिमात्र नभई जिल्लाबाट जितेर गएका सांसद मन्त्रीले कार्यकर्ताको गुनासै सुन्न नचाहाने र संसद छिरेपछि फोन नै नउठाउने,याेजना र विकासमा विषयमा गम्भीर हुन सुझाव दिए।

बैठकका प्रमुख अतिथि तथा पार्टीका स्थायी कमिटी सदस्य काली बहादुर मल्लले माओवादीले वर्गीय मुक्तिकालागि हिजोदेखि नै लड्दै गएको बताए। उनका अनुसार नेतृत्वले अहिले स्पष्टीकरण दिने समय नभएकाले कसरी हुन्छ तीन महिने अभियानलाई सफलपार्न एक ढिक्का भएर लाग्नुपर्ने बताए।

 तीन महिने अभियानका डोल्पा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नरबहादुर बिष्टले स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिको अन्तरविरोधको समीक्षा गरेर आत्मलोचना गरिएको बताए।हिजो कुनैबेलाका माओवादीले धाँमी झाँक्रीलगायत अन्धविश्वासलाई निमिट्यान्न पारेपनि अहिलेका माओवादी प्राय धामी र साडी लगाउने भएको बताए।अब माओवादी पार्टीका नेतृत्वहरु तीन महिने अभियानअन्तर्गत प्रत्येकका घरघरमा पुगेर कमीकमजोरीलाई सुधार्नुबाहेक अरु विकल्प नरहेको उनको भनाइ छ।यो अभियानमा जनताका खास समस्या के छन्, सबै टिपोट गरेर ल्याउनुपर्ने उनले बताए। आगामी चुनावमा नयाँ पुरानो होइन, जसले जनताको मन जित्छ उसैले टिकट पाउने उनको भनाइ छ। अब योबेला एमाले, काङ्ग्रेसले गरेका ठुला भ्रष्टाचारका काण्डलाई जनतामाझ छर्लङ्ग पार्नुपर्ने बताए।यो तीन महिने अभियानमा आफूले पूर्ण रुपमा जिम्मेवारी कार्यान्वयन गरेरमात्र फर्किने उनको भनाइ छ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका उर्जा,जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वर्माले पार्टी र सरकारका आ–आफ्नै उदेश्य हुने भएपनि समन्वय गरेरै अगाडि बडेको बताइन्।जिल्लाका नेतृत्व कार्यकर्ताबाट फोन नउठ्ने गुनासो आउनु जायज भएको बताइन्। व्यस्तताका कारण फोन उठ्न नसकेको उनको भनाइ छ। तालुक मन्त्रालयले दशवटै जिल्लामा बजेट व्यवस्थापन गर्नुपर्दा आफ्नो जिल्लामा कार्यकर्ताको माग अनुसारको बजेट व्यवस्थापन गर्न नसकिएको बताइन्।

कर्णाली प्रदेशसभा सदस्य बिरबहादुर शाहीले जिल्लामा सडक, सञ्चार, विद्युत, विद्यालय भवनलगायतको थुप्र काम गरेपनि प्रचारप्रसार नभएको बताए। उनका अनुसार पार्टीका कार्यकर्ताले पनि यसरी फोरममै कुरा राख्नु जायज भए पनि बाहिर गएर पार्टीप्रति विभिन्न टिकाटिप्पणी गर्नु गलत भएको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img