काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सजकता अपनाउन मुलुकमा भइरहेको लकडाउन फेरि लम्बिएको छ ।
सरकारले लकडाउन तेस्रो पटक लम्ब्याएर बैशाख ३ गते राति १२ बजेसम्म पुर्याएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लकडाउन थपेको हो । दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।
त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो ।
यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।