रूपक कुलाल,डाेल्पा
नेपालकाे सबैभन्दा पछि पत्ता लागेकाे गाउँ हाे उपल्पाे डाेल्पामा पर्ने हिमाल पारि रहेकाे “कु गाउँ”। शे फोक्सुण्डो गाउँपालिकाकाे वडा नम्वर ७ स्थित रहेकाे कु गाउँ सदरमुकाम दुनैबाट करिव १ हप्ता भन्दा बढि समय लाग्दछ। राज्यकाे पहुँचबाट निकै टाढा रहेकाे याे गाउँमा ४० मात्र घरदुरी छन् भने १ सय ५० जनसंख्या रहेकाे छ। कु गाउँमा आलु,मकै,सिमि,स्याउ,फापर,गाेलभेडा,जाैँ,उवा,गहुँ लगाएतका बाली उत्पादन हुन्छन्।भने चाैँरी,च्याङ्ग्रा,घाेडा लगाएतका पशुवस्तुहरू स्थानीयले पाल्ने गरेका छन्।
यहाँका स्थानीय बुद्दिष्ट धर्म मान्दछन्। गाउँमा श्री टाशि सुम्दाे आबि विद्यालय रहेकाे छ । विद्यालय स्थापना कति २०७३ सालमा धावा सम्डुक गुरूङ र एज्ञवहादुर शाहीकाे सहयाेगमा स्थापना भएकाे हाे। स्थानीयकाे सहयाेग र हालकाे वडाअध्यक्ष पेमा छिरिङ गुरुङकाे ठुलाे याेगदानमा विद्यालय सञ्चालन भइरहेकाे छ। सरकारी सहयाेग निकै कम छ भने विदेशी सहयाेगि दाताहरूकाे भरपुर सहयाेग रहेकाे छ। विद्यालयमा करिव ४० जना विद्यार्थी निरन्तर अध्ययनरत रहेकाे प्राधानाध्यापक नन्दवहादुर शाहीले जानकारी दिए। सामान बुवानी मात्रै किलाकाे १ सय ३० रूपैँया तिरेर विद्यालयमा दिवा खाजाकेा व्यवस्था गरेकाे प्राधानाध्यापक शाहीकाे भनाइ छ।





