spot_img

प्रेमीसँग भागेर बिहे गर्न लागेको थाहा पाएपछि बाबुले छोरीको हत्या गराए

spot_img

काठमाडाैँ,छोरीको हत्याको योजना बनाएको आरोपमा बाबु पक्राउ परेका छन्। गत २६ कात्तिक राति रौतहटको माधवनारायण नगरपालिका(७, लौकाहा गाउँमा युवतीको गोली हानी हत्या भएको घटनामा प्रहरीले युवतीका बाबु, आमा र भिनाजुलाई समेत पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घरैमा सुतिरहेकी रामअयोध्या साह तेलीकी करीब १७ वर्षकी छोरी अमृताकुमारीको कन्चटमा गोली प्रहार गरी हत्या भएको घटनाको सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान गरिएको थियो।

युवतीको स्थानीय सोसिन्द्रप्रसाद भगतसित विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको तर युवतीको घरपरिवारलाई प्रेम सम्बन्ध अस्वीकार रहेको अवस्थामा गत २०७६ फागुनमा सर्लाहीको विष्णु गाउँपालिका(३ का मानकी साहका छोरा रुपेश साहसित विवाह भएको थियो। रुपेश साहमाथि पनि छुरा प्रहार भएको र गत असारमा दुवैबीच सम्बन्ध विच्छेद भएपछि अमृताकुमारी साह माइतीमा नै बस्दै आएकी थिइन्।

अमृताकुमारी आफ्नो प्रेमीसित भागेर बिहे गर्ने सम्भावना भएको र त्यसो गर्दा गाउँसमाजमा इज्जत नै जाने डर रहेकोले युवतीका बाबु रामअयोध्या साह र युवतीका भिनाजु, रौतहटको देवाहीगोनाही नगरपालिका(२, करुनिया लक्ष्मीनिया गाउँका लक्ष्मण साहसमेतले युवतीको हत्या गराउने योजना बनाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए।

एसपी शाहका अनुसार दुवै जनाले रौतहटको परोहा नगरपालिका(४ का छोटेलाल साहलाई एक लाख पचास हजार रुपैयाँ दिएर युवतीलाई गत दशैंको महानवमीका दिन उपचारको बहानामा भारतमा हत्या गर्ने भनिएकोमा युवती भागेर बाँच्न सफल भएकी थिइन् ।

त्यसपछि देवाहीगोनाही नगरपालिका(२, लक्ष्मीनिया करुनियाका कैमुल देवानलाई एक लाख रुपैयाँ दिई गोली हानी हत्या गर्न लगाएको तथा प्रारम्भिक अनुसन्धानमा दुवै जनाले अपराध स्वीकार गरेको शाहले जनाएका छन्।

घटनामा युवतीका बाबु रामअयोध्या साह, आमा सीतादेवी, भिनाजु लक्ष्मण साह, शेख अलियास, बहुदल भनिने शेख इस्लाम अन्सारी, शेख इम्तियाजलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराइएको छ। युवतीमाथि गोली प्रहार गर्ने कैमल देवान फरार रहेकोले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img