spot_img

कर्णालीबाट बाम माेर्चाकाे चेतावनीःराम्राे काम गर्दा गर्दै,सरकार ढाल्न खाेजिए मुलुकमा ठुलाे दुर्घटना हुन्छ

spot_img

सुर्खेत — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले सरकारले भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहालले लड्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लडेमा सडकबाट आफूले साथ दिने चन्दको भनाइ थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका महासचिव चन्दले भ्रष्टाचारी जोसुकै भएपनि छुट दिन आवश्यक नभएको बताए । उनले आफ्नै पार्टीका नेता भ्रष्टाचार र मानव बेचबिखनमा संलग्न रहेको पाइए पनि कारबाही गर्न आग्रह गरेका थिए । ’तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस् चोकको मोर्चाबाट हामी लड्छौं,’ उनले भने, ’कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।’

भ्रष्टाचारी आफ्नै पार्टीका भएपनि कारबाही गर्नैपर्ने चन्दको भनाइ थियो । उनले मानव तस्करीलाई पनि कारबाही गर्नुपर्ने बताए । वर्तमान सरकार बनेपछि भ्रष्टाचारी र मानव तस्करलाई कारबाही भएको चन्दको भनाइ थियो ।

चन्दले प्रधानमन्त्री दाहालविरुद्ध षडयन्त्र भइरहेको पनि दाबी गरेका छन् । राज्यका विभिन्न शक्तिबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भइरहेको उनको भनाइ थियो । ’सरकारविरुद्ध घेराबन्दी भएको छ । कानुन, प्रशासन, अर्थतन्त्र, अदालत, सम्पूर्ण प्रशासन यन्त्र, अन्तर्राष्ट्रिय शक्तिबाट घेराबन्दी भएको छ,’ उनले भने । मुलुकको कार्यकारी प्रमुखलाई मुद्दा चलाउने कार्य त्यत्तिकै सतहमा नआएको उनको भनाइ थियो ।

चन्दले वैदेशिक अनुदान सही भएपनि अनुदानको नाममा हुने हस्तक्षेप स्वीकार्य नहुने बताए ।

सुर्खेत — सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् ।समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेपालले कुनै पनि शक्तिले ढाल्न नसक्ने बताए ।

समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपालले सरकारले सही काम गरिरहेको पनि बताए । ’यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्,’ उनले भने, ’कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन–पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं ।’

नेपालले सरकारमा रहेका कम्युनिस्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारुढ कांग्रेस रुष्ट हुन्छ कि भन्नेहरू पनि रहेको तर त्यो सही नभएको बताए । ’कसै–कसैलाई एकता पचेको छैन । एकताभन्दा सबैले राम्रो मान्नुपर्ने हो । एकातिर मोर्चा छ, अर्कोतिर गठबन्धन भन्ने छन् । गठबन्धनका कम्युनिस्ट मिलेर मोर्चा बनाएकाले कांग्रेसको मनमा चिसो पस्यो कि भन्नेहरू पनि छन्, त्यस्तो केही छैन,’ उनले भने ।

सत्तारुढ गठबन्धनमा रहेका सबै एक ठाउँमा रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्रीले आफ्नो पार्टीका हुन् वा अरु पार्टीका जोसुकै पनि भ्रष्टाचारमा संलग्न भए पनि कारबाही चलिरहेको उनले बताए । ’आफ्नो पार्टीका हुन् वा अरु जुनसुकैले भ्रष्टाचार गरेका छन्, कसैले छुट पाउँदैन,’ उनले भने, ’सरकारले उहिलेदेखिका भ्रष्टाचारका फाइल खोल्ने गरिरहेको छ । दोषी कोही नउम्किउन्, निर्दोष कोही नपरुन् भन्ने छ ।’

सरकारले काम गरिरहेको र अझै गर्न बाँकी रहेको पनि नेपालको भनाइ थियो । सरकारका काममा सुधार गर्नुपर्ने ठाउँ भने रहेको नेपालले बताए । नेपालमा वैदेशिक हस्तक्षेप स्वीकार्य नरहेको नेपालले बताए । उनले एमसीसी सैनिक विषयसँग नजोडिएको पनि बताए ।

एमसीसी आर्थिक सहयोगमात्रै भएको र यसलाई अन्य विषयसँग जोडिन नहुने बताए । ’एमसीसी कुनै सैनिक विषयसँग जोडिनु हुँदैन । यो विशुद्ध आर्थिक सहयोग लिएका छौं । आर्थिक सहयोग स्वीकार गर्नुपर्छ । विदेशी पुँजी दिन्छ भने स्वागत गर्नुपर्छ,’ उनले भने । विदेशी सहयोग नेपाललाई आवश्यक परेको तर सहयोगका नाममा अनुचित सर्त स्वीकार्य नहुने नेपालको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img