spot_img

डोल्पाको ल्हाँ गाउँमा अन्यपार्टी परित्याग गरी ३२ जना माओवादीमा प्रवेशःएमालेले कार्यक्रम बिथाेल्न खाेजेपछि झडप

spot_img

डोल्पा,हिमाली जिल्ला डोल्पाको ल्यहाँमा ३२ जना माओवादी केन्द्रमा प्रवेश गरेकाछन् । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ ल्हाँमा काङ्ग्रेस,एमाले र समाजवादी पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।

केन्द्रिय पार्टीले सुरु गरेको घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारा सहितको तीन महिना अभियानले ल्हाँबासीलाई उत्साहित बनाएको अभियानका वडा इन्चार्ज तथा प्रदेश सभा सांसद बिरबहादुर शाहीले बताए । यस अभियान अन्तर्गत डोल्पा पुग्नुभएका जिल्ला पार्टी इन्चार्ज नर बहादुर बिष्टको उपस्थितिमा सुरु गरेको कार्यक्रममा बत्तिस जनाले प्रवेश गरेको सांसद शाहीले बताए ।
अभियानको औपचारिक उद्घाटन १६ भदौमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरु गर्ने बताइएको छ ।

माओवादीकाे शान्तिपूर्ण कार्यक्रममा एमालेका कार्यकर्ताले मापसे गरि कार्यक्रम बिथाेल्न खाेजेपछि झडप भएकाे छ। सडप भएकाे थाहा पाएपछि खदाङ्बाट सइकाे कमान्डमा प्रहरीकाे टाेली गाउँतर्फ लागेकाे छ। घटनाबारे थप विवरण अाउन बाँकी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img