डाेल्पा, डोल्पाको त्रिपुरासुन्दरीमा १३ वर्षीया नाबालिकलाइ बलात्कार गर्ने रुकुम पश्चिमका युवा पक्राउ परेका छन्।जिल्लाकाे मुड्केचुला गाउँपालिका कालीका घर भइ हाल त्रिपुरासुन्दरी नगरपालिका– १ मा बस्ने एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । नाबालिका बलात्कार घटनामा रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका– ६ मन्काबगरका २१ वर्षीय युवा चिरञ्जीवी बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपित बोहोरालाई बिहीबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । बोहोराको कोठामा सललगायत प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र लिखित जाहेरीसमेत परेपछि पक्राउ गरिएको बुढाथोकीले बताए । पेसाले ड्राइभर रहेका बोहोरालाई जबर्जस्ती करणी कसुरबमोजिम मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।