काठमाडौं, नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले मन्त्रिपरिषद्ले थपेको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।
एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदश्य सचिव रहने व्यवस्था छ । विश्वराज अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवामको अनुभव बटुलेर पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका छन् ।
योसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक (आईजीपी) बन्नका लागि उनी एक्लो दाबेदार बनेका छन् ।


















