spot_img

आजदेखि माओवादीको ३ महिने अभियान सुरुः‘अन्तिम परीक्षा’मा माओवादी केन्द्र

spot_img

काठमाडौं,सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिने अभियान सुरु गर्ने भएको छ । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ ।देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ ।

प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको आज ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका –२ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीले बताएको छ ।

माओवादी नेताहरु पनि यो अभियान माओवादी आन्दोलनलाई पार्टीका रुपमा स्थापित गर्न शान्ति प्रक्रियामा आएपछिकै महत्वपूर्ण पानीढलोका रूपमा लिन्छन् । ‘हिजो पृथ्वी थर्किने गरी जनयुद्ध गरेर आएकाहरू आज जनताबाट कट्दै गएको महसुस भएको छ’, उनले भने, ‘त्यसैले यो अभियान पार्टी अध्यक्ष, हामी पदाधिकारी र सिंगो पार्टी पंक्तिका लागि अन्तिम परीक्षा हो ।’

सापेकाटाले भने जस्तै १२ बुँदे समझदारी गरेको शान्ति प्रक्रियामा आएको माओवादीले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अभूतपूर्व सफलता पाएको थियो । ६०१ सदस्यीय संविधानसभामा प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जितेको माओवादी २२० सिटका साथ पहिलो दल थियो । दोस्रो नेपाली कांग्रेस र तेस्रो दल एमाले मिल्दा पनि माओवादी हाराहारी मात्र हुन्थ्यो ।

त्यसयता एकपछि अर्को चुनावमा आकार घट्दो छ । अहिले २७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ सिटको दल छ माओवादी । प्रत्यक्षतर्फ गठबन्धन गरेर केही सिट जितेपनि समानुपातिकमा चुनावको मुखमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टी हाराहारी मात्र मत पाएको छ । प्रदेशहरुमा पनि अवस्था उस्तै छ ।

संगठनको हालत पनि उस्तै बन्यो । एउटा समय झण्डै चार हजारको केन्द्रीय कमिटी बनाएको माओवादीमा अहिले ७०० भन्दा ठूलो केन्द्रीय कमिटी छ । केन्द्रमा सरकारको नेतृत्व गर्नुका साथै प्रदेशमा पनि कतै नेतृत्व र कतै सत्ता साझेदार हुँदा पनि माओवादीको संगठन चलायमान देखिएको छैन ।

तल्लो तहका कार्यकर्ता मात्र होइन, नेतृत्वमा बसेकाहरु नै सार्वजनिक रुपमा असन्तुष्टि पोख्छन् । माओवादी अध्यक्ष प्रचण्ड स्वयं पार्टीको आकार, प्रकार, प्रवृत्तिबारे असन्तुष्टि पोख्छन् । पछिल्लो पटक १७ देखि २१ साउनसम्म चलेको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा पनि यस्तै भाषण गरे । ‘पार्टी जनताबाट कटेको महसुस भइरहेको छ, हामी नेताहरू कतै न कतै बिग्रिएको सत्य हो’, उनले भने, ‘अब पनि सच्चिएनौं भने विघटनको विकल्प छैन ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img