spot_img

डाेल्पामा माओवादीकाे ३ महिने पार्टी सुदृढीकरण अभियानःअन्यपार्टी परित्याग गरि सयाैँले गरे प्रवेश,सरसफाइ अभियान देखि प्रवेश गर्नेकाे लहर (फाेटाेफिचर)

spot_img

डाेल्पा,नेकपा माओवादी केन्द्रको पार्टीलाई व्यवस्थित र सृदृढ गर्न ३ महिने अभियान मुलुकभर जारी छ । “जनजनमा माओवादी, घरघरमा माओवादी” नारासहित ३ महिने अभियान डाेल्पामा पनि पार्टीकाे जिल्ला स्तरीय बैठक सम्पन्न भएसँगै अभियान लिएर नेताहरू गाउँगाउँ,घरघर पुग्ने क्रम जारी छ।

जिल्लाकाे दोस्रो विस्तारित बैठकक सम्पन्न भएकाे छ। पार्टीका स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल, तीन महिने अभियानमा डोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नरबहादुर बिष्ट, कर्णाली प्रदेश सरकारका मन्त्री उर्मिला विश्वकर्मा, प्रदेश सांसद तथा पुर्व मन्त्री वीर बहादुर शाहीलगायत जिल्ला नेतृत्व, पालिकाका अध्यक्ष, वडाध्यक्षसहित पार्टीका नेता कार्यकर्ताकाे बैठकमा उपस्थिति रहेकाे थियाे। बैठकले पार्टीको तीन महिने अभियानलाई कसरी सञ्चालन गर्ने भन्ने कुरामा दिशानिर्देश पनि गरेको जिल्ला संयोजक धर्मजित बाहोराले बताए। यो अभियानले आगामी चार वर्षपछि आउने चुनावमा जिल्ला एक नम्बर पार्टी बनाउन सहयोग गर्ने उनको भनाइ छ।

त्रिपुरासुन्दरी नगरपालिकाकाे 5 ल्हा गाउँमा नेपाली काङ्ग्रेसका नर बहादुर झाक्री सहित समाजवादीबाट 50 जना रएमाले का 10 जना एमाले परित्याग गरि नेकपा माओबादी केन्द्र प्रवेश गरेका छन्। यस्तै मुड्केचुला गाउँपालिका पनि अन्य पार्टी परित्याग गरि प्रवेश गर्नेकाे लहर छ। अाजबाट अाैँपचारीक कार्यक्रम शुरू भएकाेले अभियानले तिव्रता पाउँने नेताहरूले बताएका छन्। यस्तै अभियानका क्रममा सदरमुकाम दुनैमा सरसफाइ अभियान पनि सञ्चालन भएकाे छ।

 

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img