“वि.स २०६२,६३ ताकाकाे झल्काे दिनेगरी राता झण्डा र राता मान्छेहरू गाउँगाउँमा , पार्टीलाइ आगामी चुनावमा २०६४ काे विरासदमा फर्काउने नेताहरूकाे दावी”
डाेल्पा,जिल्ला डोल्पामा पनि नेकपा माओवादी केन्द्रले शुरू गरेको तीन महीने अभियान भव्यरुपमा शुभारम्भ गरिएको छ। जिल्लाको आठ ओटै पालिकामा केन्द्रीय पार्टीको निर्णय अनुसार “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनता सग माओवादी रुपान्तरण अभियान अन्तर्गत माओवादी पार्टीले शनिबार भव्य रुपमा तिन महीने अभियानको शुभारम्भ गरेको हो ।
डोल्पा मात्र नभई आज देश भरिकै ७५३ वटै स्थानीय तहमा माओवादी पार्टीको यो अभियानको शुभारम्भ प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ ले गरेका हुन् । माओवादी पार्टीको केन्द्रीय निर्णय अनुसार डोल्पा जिल्लाको लागि राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टको ईन्चार्जमा शुभारम्भ गरिएको छ । यो अभियानले डोल्पा जिल्लामा माओबादी प्रतिको जन लहर उत्साहित देखिएको छ । जनता सग माओबादी रूपान्तरण अभियानमा जिल्ला भित्रका आठ वटै पालिका भरी हजारौंको संख्यामा पार्टी प्रवेश समेत गरेका छन् । शनिबार त्रिपुराकोटमा भएको कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालीकाको त्रिपुराकोटमा मात्रै दर्जनौं भन्दा बढीले पार्टी प्रवेश गरेका छन् ।
त्रिपुरासुन्दरी ०१ का इन्द्रबहादुर कठायत , सुष्मिता श्रेष्ठ , लालमान नेपाली , सुरेन्द्र सार्की , रणवीर सार्की , धनबहादुर नेपाली , माने नेपाली , रणवीर नेपाली , चन्द्रा कठायत , मनराम नेपाली , मोक्तिलाल श्रेष्ठ र त्रिपुरासुन्दरी ०२ का शेर बहादुर बुढा , धीरज थापा लगायतले विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्ने सबैलाई राष्ट्रिय सभा सदस्य विष्ट,कर्णाली प्रदेश सरकारकी उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री उर्मिला विश्वकर्मा , कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाही , केन्द्रीय सदस्य रामलाल विक , जिल्ला पार्टी अध्यक्ष धर्मजीत बोहोरा , नगर पार्टी अध्यक्ष मोतीराम गौतम लगायतले खाँदा र अबिर लगाई स्वागत गरेका थिए ।
त्रिपुरासुन्दरी नगरपालिकाकाे 5 ल्हा गाउँमा नेपाली काङ्ग्रेसका नर बहादुर झाक्री सहित समाजवादीबाट 50 जना रएमाले का 10 जना एमाले परित्याग गरि नेकपा माओबादी केन्द्र प्रवेश गरेका छन्। यस्तै मुड्केचुला गाउँपालिका पनि अन्य पार्टी परित्याग गरि प्रवेश गर्नेकाे लहर छ। यस्तै अभियानका क्रममा सदरमुकाम दुनैमा सरसफाइ अभियान पनि सञ्चालन भएकाे छ।
त्रिपुरासुन्दरी मात्रै नभई जिल्लाको मुड्केचुला ,जगदुल्ला , छार्काताङ्सोङ , काइके , फोक्सुण्डो , डोल्पोबुद्द गाउँपालिका र ठुली भेरि नगरपालिकामा गरेर जिल्ला भरि नै एकै दिनमा हजारौको संख्यामा पार्टी प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रिय कमिटीले सुरु गरेको घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारा सहितको तीन महिना अभियानले डोल्पा बासीलाई उत्साहित बनाएको अभियानका डोल्पा इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य विष्टले बताए। जिल्लाका नेताहरूले समेत पार्टीलाइ जिल्लाकाे पहिलाे बाटाे बनाउने लक्ष्य रहेकाे बताएका छन्। पार्टीलाइ आगामी चुनावमा २०६४ काे विरासदमा फर्काउने नेताहरूकाे दावी रहेकाे छ।





















