spot_img

एमाले लुम्बिनीमा आज मतदान हुँदैःउपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल विचकाे शक्ति परिक्षण

spot_img

नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत मंगलबार निर्वाचन हुँदै छ।आज बिहान ८ बजेबाट मतदान सुरू हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्।

हिजै रातिबाट मतदान हुने भनिए पनि प्राविधिक तयारी नपुगेपछि मंगलबार बिहानलाई सरेको थियो।एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।

उनीहरू समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएको बताइएको छ।

५ पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ। सचिवमा लक्ष्मण आचार्य सोमबार नै निर्विरोध भइसकेका छन्। लुम्बिनी प्रदेशमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच प्रतिस्पर्धाजस्तो देखिएको छ।

अध्यक्षका प्रत्यासी कँडेल पौडेल पक्षधर हुन् भने रिजाल महासचिव पोखरेल खेमाका हुन्। त्यस्तै लुम्बिनी प्रदेशमा चुनाव हुने भएपछि केन्द्रीय नेताहरू पनि उम्मेदवारको पक्षमा बाँडिएका छन्।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरीलगायत कँडेलको पक्षमा खुलेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img