spot_img

काँग्रेस नेताहरु जिल्ला जिल्लामाःआउँदाे चुनावमा जिल्ला ‘कब्जा’ काँग्रेसकाे रणनीति

spot_img

काठमाडौं,कोरोना महामारीका कारण सेलाएको नेपाली काँग्रेसको महाधिवेशनको सरगर्मी फेरि तात्न थालेको छ । महाधिवेशनका लागि आफ्नो पक्षमा माहोल बनाउन नेताहरु जिल्ला दौडाहामा निस्कन थालेका छन् । कात्तिक २८ गतेको केन्द्रीय समिति बैठकले मंसिरभित्र क्रियाशील सदस्यता वितरणको काम सक्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएपछि नेताहरु काठमाडौं उपत्यकाबाट बाहिरिन थालेका हुन् ।

यतिबेला जिल्ला दौडाहामा निस्किनेहरुमा अधिकांश संस्थापन पक्षका नेता छन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद, ज्ञानेन्द्र कार्की, डा. नारायण खड्का, शंकर भण्डारी, किशोरसिंह राठोर, नैनसिंह महरलतायतका नेता जिल्ला दौडाहामा छन् । कोही नेता केही दिनको जिल्ला दौडाहापछि काठमाडौं फर्किएको अवस्था छ भने कोही अझै जिल्लामै छन् ।

मुलुकमा कोरोना महामारीको प्रभाव नहुँदै विभिन्न जिल्लामा पुगेर आफ्नो पक्षमा माहोल बनाउन प्रयास गरेको संस्थापन इतरपक्ष पनि फेरि जिल्लाहरुको भ्रमणमा निस्किन थालेको छ । गत वर्ष माघमा महाधिवेशन कार्यतालिका प्रकाशित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु जिल्ला दौडाहामा निस्किएका थिए । तर कोरोना महामारीका कारण महाधिवेशनसम्बन्धी गतिविधि हुन नसक्ने भएपछि उनीहरुले आफ्नो अभियान रोकेका थिए । राताेपाटिमा खवर छ । 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img