spot_img

काठमाडौं–१६ का वडाध्यक्ष रिजालको निधन

spot_img

काठमाडौँ, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले  जानकारी दिए ।रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।

रिजालको उपचारमा संलग्न चिकित्सकका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको हो । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो । चिकित्सकका अनुसार उनलाई कुन प्रकारको भाइरसको संक्रमण भएको हो भन्ने यकिन भने हुन सकेन । ’भाइरस लाखौं किसिमको हुन्छ । त्यसैले कुन भाइरस हो भनेर जाँच गर्नै सकिन्न । हामीले ब्याक्टेरियल इन्फेक्सन भने होइन भन्न सक्छौं किनभने त्यसका लागि गरिएको सबै परीक्षण नेगेटिभ आएको छ,’ उपचारमा संलग्न चिकित्सकले भने ।

चिकित्सकका अनुसार सुरुमा अस्पताल आउँदा ठीकै जस्तो देखिएका रिजाललाई त्यसैदिन राति आईसीयूमा राखेर उपचार सुरू गर्नुपरेको थियो । ’सुरुमा १–२ लिटर मात्रै अक्सिजन चाहिएको उहाँलाई राति ६० लिटरसम्म दिनुपर्ने अवस्था आयो । त्यसपछि भेन्टिलेटरमै राखेर उपचार सुरु ग¥यौँ,’ उनले भने, ’भाइरल इन्फेक्सन नियन्त्रणमा आउन दुई हप्ता सम्मको समय लाग्नसक्छ । तर उनको अवस्था छिटोछिटो बिग्रियो । भाइरल संक्रमणमा हुने यस्तै हो ।’

चिकित्सकका अनुसार बुधबार दिउँसो स्वास्थ्यमा केही सुधार भएको जस्तो देखिए पनि बेलुकासम्ममा फेरि जटिलता बढ्न सुरु गरेर रक्तचापलाई सामान्य बनाउनकै लागि कठिन भएको थियो ।कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर–७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । अहिले भने उनको काठमाडौं–१६, बालाजुमा बसोबास रहेको थियो । रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img