spot_img

वडाध्यक्ष रिजालको निधनमा भोलि काठमाडौं महानगरपालिकामा शोक बिदा

spot_img

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्षको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिइने भएको छ । काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिए ।

रिजालको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको रिजालको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img