नेताहरू भन्छन्ःमाओवादीलाइ जिल्लाकाे पहिलाे पार्टी बन्न कसैले राेक्न सक्दैन,अव त बाैँद्दिक व्यक्तित्वहरूकाे पार्टी पनि बन्याे
डोल्पा,डोल्पा जिल्लामा पनि नेकपा माओवादी केन्द्रकाे शुरू गरेको तीन महीने अभियान भव्यरुपमा चलिरहेकाे छ। जिल्लाको आठ ओटै पालिकामा केन्द्रीय पार्टीको निर्णय अनुसार “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनता सग माओवादी रुपान्तरण अभियान चलिरहेकाे छ ।
यसैविच ठुलिभेरी न पा वडा नभ्वर ५ र ६ माझफाल भेगबाट ठुलीभेरी नगरपालिका मेयरका स्वतन्त्र उम्मेद्वार,लेखक तथा बाैँद्दीक व्यक्तित्व प्रेम बहादुर बाेहाेरा सहित ५० भन्दा बढिले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बाेहाेरा कृति काेग्लेका लेखक र बाैँद्दिक व्यक्तित्वका रूपमा युवापुस्तामाझ परिचित छन्।
पार्टीलाइ आगामी चुनावमा २०६४ को विरासदमा फर्काउने जिल्लाका नेताहरूको दावी रहेको छ। पहिलो पार्टी बन्ने लक्ष्य सहित डोल्पा माओवादी ३ महिने सुदृढीकरण अभियानमा एमाले र कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको जिल्लाभर लहर नै चलेकाे छ। “वि.स २०६२,६३ ताकाको झल्को दिनेगरी राता झण्डा र राता मान्छेहरू गाउँगाउँमा गएर अभियान सञ्चालन गरिरहेका छन्।