spot_img

देवेन्द्र पौडेलको प्रश्न– गठबन्धन जोगाउन कांग्रेसका भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्ने ?

spot_img

कास्की — नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गठबन्धन टुटे पनि सरकारले सुशासनलाई निरन्तरता दिने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पौडेलले भ्रष्टाचारका कुरा उठाउँदा गठबन्धनकै दल कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको भन्दै विरोधका बाबजुद पनि सरकारले सुशासनलाई निरन्तरता दिने बताएका हुन् ।

’भ्रष्टाचारका कुरा उठाउँदा गठबन्धनकै दल कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ‚’ उनले भने, ’गठबन्धन जोगाउन कांग्रेसका भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्ने ? सरकार ढले पनि गठबन्धन टुटे पनि सरकारले सुशासनलाई निरन्तरता दिनेछ ।’ सरकार सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अभियानमा लागेको उनको भनाइ छ ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र फालेर राजतन्त्र स्थापना गर्न आन्तरिकरूपमा झुन्डहरू सल्बलाएको समेत बताएका छन् । संघीयतामाथि पटक–पटक आक्रमण भएको बताउँदै उनले यो व्यवस्थालाई संरक्षण गर्न आवश्यक रहेको बताए । संघीयता, समावेशी, संविधान माओवादीले ल्याएको बताउँदै उनले यसलाई संरक्षण गर्न जरूरी रहेको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img