काठमाडाैँ,महानगरीय अपराध महाशाखाले १२ लाख ३० हजार ठगेर फरार रहेका सुब्बा लामालाइ पक्राउ गरेकाे हाे । बाह्रलाख तिस हजार ठगेर फरार रहेका जिल्ला नुवाकोट ककनी घर भई हाल काठमाडाैँकाे माछापोखरी बस्ने बर्ष ३८ को शुवास लामा भन्ने सुब्बा लामालाई मंगलबार नियन्त्रणमा लिएकाे महाशाखा प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतले ठगि मुध्दामा दाेषी ठहर गरेकाे थियाे । ललितपुर टिकाथलीबाट नियत्रणमा लिई कारवाहीका लागी सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको महाशाखाले जनाएकाे छ ।