spot_img

सुन तस्कारी प्रकरणःअनुसन्धान कर्मचारी साेझिएपछि बन्दगराए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

spot_img

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । २ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ ।

विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए । ‘हामिले हिंजै आन्दोलनका कार्याक्रम घोषणा गरेका हौं । हिजो पेन डाउन ग¥यौं,’ ति अधिकृतले भने, ‘आजबाट सेवा ठप्प पारेका छौं । औषधिबाहेकको भन्सार जाँचपास आज हुँदैन ।’ भोली पनि सेवा अवरुद्ध हुने ति अधिकृतले बताए ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसंग पनि बयान लिइरहेको छ भने केही कर्मचारी बिरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img