लुभु-लामाटार,ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा न.९ काे वडाकार्यलयमा चाेरि भएकाे छ। आइतबार राति चाेरले वडा कार्यलयमा पसेर कम्युटर लगाएतका सामान चाेरि गरेकाे वडा अध्यक्ष जयकृष्ण बाेगटीले जानकारी दिए ।अध्यक्ष बाेगटीका अनुसार रातिकाे समयमा चाेरहरू पसेर वडा कार्यलयका ४ वटा कम्युटर र सिसिटिभी नेटवर्क बक्स लगाएत चाेरि भएकाे छ।
साे घटनापछि साेमबार वडा कार्यलय बन्द गर्नुपर्ने अवस्था अायाे भने सेवाग्राही समेत समस्यामा परे। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकाे र चाेर समात्ने विषयमा अनुसन्धान भइरहेकाे जनाएकाे छ। कमजाेर सुरक्षा व्यवस्थाका कारण वडा भित्र पर्ने लुभु र लामाटार क्षेत्रमा चाेरीका घटना बढिरहेका छन्। हाल वडा कार्यालय नै चाेरीकाे चपेटामा परेपछि चाेरी नियन्त्रण गर्न सबैलाइ समयमै सजक हुन र सुरक्षा व्यवस्था कडा गर्नुपर्ने देखिन्छ।