हुम्ला, मुलुकभर नेकपा माओवादी केन्द्रकाे शुरू गरेको तीन महीने अभियान भव्यरुपमा चलिरहेकाे छ। हुम्लामा पनि जिल्लाभरका सबै पालिकामा केन्द्रीय पार्टीको निर्णय अनुसार “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनता सग माओवादी रुपान्तरण अभियान चलिरहेकाे छ । अन्य पार्टी परित्याग गरि माओवादीमा प्रवेश गर्नेकाे लहर हुम्लामा पनि उतिकै छ।
यस्तै जिल्लाकाे ताजाकोट गाँउपालिका वडा नम्वर १ मा अभियानका क्रममा तिजकाे नजिकिएकाे अवसरमा सबै स्थानीयलाइ दर खुवाउने कार्यक्रम अायाेजना गरिएकाे थियाे। उक्त वडाका इन्चार्ज धुर्व शाहीकाे आर्थिक सहयोग तीजकाे दरखाने कार्यक्रम सम्पन्न भएकाे हाे।
तीजकाे समयमा माइत जान नपाएका महिला दिदिवहिनीकाे पिडा थाेरै भएपनि कम हुने उदेश्यका साथ दरखाने कार्यक्रम अायाेजना गरेकाे र कार्यक्रमा सबै स्थानीय सहभागि भएर साँस्कृतिक कार्यक्रम देखि दर खानुका साथै सुखदुख साट्ने रमाइलाे वाता वरण बनेकाे इन्चार्ज शाहीले जानकारी दिए।
हुम्लामा तीन महिने अभियान भव्यरूपमा चलिरहेकाे छ। जिल्लाकाे पहिलाे पार्टी अझ बलियाे बन्ने विश्वास अभियानबाट नेताहरूले गरेका छन्।

















