spot_img

राजकीय सम्मानसहित नेम्वाङको अन्तिम बिदाइ

spot_img

काठमाडाैँ,संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा र एमाले अध्यक्ष केपी ओलीले पार्टी झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्।

आर्यघाटमा कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका प्रमुख, मन्त्रीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन्।

हिन्दू र लिम्बू परम्पराअनुसार राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिएको छ। नेम्वाङको निवास बालुवाटारबाट सुरु भएको शवयात्रा अन्त्येष्टिका लागि आर्यघाट पुगेको थियो। शोक मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img