“५ हजार ५ सय ५० दशमलब ९ मिटरको उचाइमा रहेकाे पङभोर ताल डाेल्पाबाट मात्रै नभएर मुस्ताङबाट समेत नजिक पर्दछ”
रूपक कुलाल,छार्काभाेट,डोल्पा
उपल्लाे डाेल्पामा पर्ने उच्च स्थानकाे मानववस्ती छार्का भाेट गाउँकाे नजिकै उच्च स्थानमा रहेकाे ताल पत्ता लागेकाे छ। छार्काताङसोङ गाउँपालिकाकाे वडा नम्बर १ मा पर्ने छार्का गाउँका युवायुवतिहरूले तालकाे भ्रमण गरेर पहिचान गरेका हुन्।
छार्काका युवायुवतीहरूले चार दिन लगाएर तालको सर्वेक्षण गरेकाे जानकारी दिएका छन्। स्थानीय भाषामा पङभोर नामले चिनिने तालको उचाई हाल सम्मकै सबैभन्दा अग्लो रहेको दाबी युवाहरूले गरेका छन्। पङभोर तालको उचाई समुन्द्र सतहदेखी ५ हजार ५ सय ५० दशमलब ९ मिटरको उच्चाईमा रहेको जिपिएस ट्रयाकिङ् प्रमाणित रहेको छार्का युवा क्लबका अध्यक्ष कार्मा ढेन्दुप गुरुङ्गले जानकारी दिए । गुरुङ्गका अनुसार भदौ १३ गते छार्काका युवायुवतीहरू दिन लगाएर तालको भ्रमण गरेका थियाैँ, जिपिएस सर्बेक्षण गर्दा हालसम्मकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल रहेकाे तथ्य फेला पारेका हाैँ। याे ताल केहि समय पहिले उच्च स्थानकाे भनेर दावी गरिएकाे डाेल्पाेबुद्दकाे तालभन्दा ठुलाे समेत रहेकाे छ।
पर्यटनकाे प्रचुर सम्भावना भएकाे डाेल्पा अनि उपल्लाे डाेल्पाका प्राकृतिक साैँन्दर्यलाइ याे लातले अझ बढाएकाे छ। यो ताल चिनको तिब्बत र डोल्पाको सिमा क्षेत्रतिर पर्दछ। मुस्ताङबाट समेत यस तालकाे यात्रा गर्न नजिक र सजिलाे हुन्छ। याे ताल वरिपरि अन्य ४ ताल पनि रहेकाे छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कार्मा तोण्डुप गुरुङ्गले जानकारि दिए । अन्य २ तालको पनि सर्बेक्षण गरिएकोमा ५ हजार ३ सय ३८ दशमल ५ मिटर,५ हजार ५ सय १३ दशमलब ४ मिटर रहेको जिपिएस प्रमाणित तथ्याङ्क रहेको उपाअध्यक्ष गुरूङकाे भनाइ छ। सबै तालको आधिकारीकताको लागी भने स्थानीय सरकारले सघिय सरकारमा समेत पहल गरी प्रकृया पुरा गर्न लागि रहेको उपाध्यक्ष कार्मा तोण्डुप गुरुङ्गकाे भनाइ छ।
प्रमाण सहित आए आधिकारिक प्रमाणितका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलकाे भनाइ छ। प्रमाणीकरणका लागि सराेकारवाला सबै लाग्नुपर्ने देखिन्छ।
फाेटाेःकार्मा ढेन्दुप गुरुङ्ग