“स्वास्थ्य सामग्री ल्याइसकेका छौँ, मुड्केचुलाबासी आत्तिनु पर्दैन ” गाउँपालिका अध्यक्ष,दत्तबहादुर शाही
रूपक यात्री,काठमाडौँ
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड नाइन्टिनका कारण सरकारले घोषणा गरेको लकडाउँन जारी छ । संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउँन गरेपछि अहिले नागरिक घरघरमा बसेका छन् । नेपालको सन्दर्भमा विकटका स्थानिय तहरहरूमा स्वास्थ्य सामग्रीको अभाव भइरकेको थियो । यसैविच डोल्पाको मुड्केचुला गाउँपालिकाले सोमबार अत्यावश्यक स्वास्थ्य सामग्री र औषधि पालिकामा पुर्याएको छ ।
लामो प्रयास पछि पीपीइ,सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री लगाएत आबसेक औषधिसमेत आज कार्यलयमा पुर्याइएको गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए । पीपीई १० सेट,सेनिटाइजर २ सय,मास्क ६ सय पीस, डिजिटल थर्मो्मिटर २५ पिस ,सर्जिकल र प्लेन गरि १५ सय पिस पन्जा लगाएत ५ लाख ५० हजार बराबरको औषधि ल्याइएको अध्यक्ष शाहिले जानकारी दिए । अध्यक्ष शाहिले भने “अपुग स्वास्थ्य उपकरणको प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छौँ” चाँडै ल्याउँछौँ । गाउँपालिकाले सम्पुर्ण पूर्व तयारी गरेको र अव स्वास्थ्य सामग्री समेत आइसकेको अवस्थामा सबै मुड्केचुला बासीलाइ त्रसित नबन्न समेत आग्रह समेत गरेका छन् ।

तस्वीरः दत्त बहादुर शाहि,अध्यक्ष,मुड्केचुला गाउँपालिका,डोल्पा
साथै यस्तो बिषम परिस्थितिमा हेल्प डेस्क ,क्वारेन्टाइन मा खड्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मी ,सुरक्षाकर्मि र जनप्रतिनिधी मित्र हरुमा धैर्यता पुर्बक कामकाज गर्नु भयको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि ३ वठटा नाकामा हेल्थ डेस्क त भइनै हाले प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालित भएको अध्यक्ष शाहिले जानकारी दिए । बिरामीको डाटा संकलन, जनचेतना जस्ता कार्यको साथै औषधि वितरण भइरहेको अध्यक्ष शाहिको भनाइ छ । तर कोरोना रोगथामका लागि प्रयोग गरिने ईन्फ्रेड थर्मो्मिटर नपाउँदा समस्या भएको छ । ईन्फ्रेड थर्मो्मिटर नहुदा स्वास्थ्यकर्मीहरु अहिले सम्म जोखिम तरिकाले साधारण थर्मो्मिटरले ज्वरो नाप्न वाध्य हुनुका साथै गुनासो गर्ने गरेको अध्यक्ष शाहिले जानकारी दिए ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -