spot_img

डाेल्पा माओवादीकाे अभियान लगत्तै जनताका समस्या र गुनासा लिएर सिंहदरवारमा जनप्रतिनिधि

spot_img

डोल्पा,नेकपा माओवादी केन्द्रको पार्टीलाई व्यवस्थित र सृदृढ गर्न ३ महिने अभियान मुलुकभर जारी छ । “जनजनमा माओवादी, घरघरमा माओवादी” नारासहित ३ महिने अभियान डोल्पामा पनि अभियान लिएर नेताहरू गाउँगाउँ,घरघर पुग्ने क्रम जारी छ। अभियानका क्रममा गाउँगाउँ पुगेर फर्किएका नेताहरू अहिले जनताका गुनासा र समस्या लिएर सिंहदरवारका ढाेका ढकढक्याउन पुगेका छन्।

जिल्लामा ३ महिने अभियानमा डोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नरबहादुर बिष्ट,प्रदेश सांसद तथा पुर्व मन्त्री वीर बहादुर शाही र जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह राेकाया लगाएतका जनप्रतिनिधि तथा पार्टीका नेताहरू गाउँगाउँकाे अभियानपछि जनताका समस्या र गुनासा लिएर सिंहदरवार पुगेका छन्।

शुक्रबार पार्टीका नेताहरू सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाइ भेटेर डाेल्पामा सञ्चारकाे ठुलाे समस्या रहेकाे जानकारी गराएका हुन्। जिल्लाका ठुलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका,मुड्केचुला,जगदुल्ला,काइके उपल्लाे डाेल्पामा पर्ने शे फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिका लगाएत जिल्लाभर टावर, नेकवर्क र इन्टरनेटकाे समस्या भएकाे जनताकाे व्यापक गुनासाे थियाे।

जनताका गुनासा र समस्यालाइ राज्यका सम्बन्धित निकायमा पुर्याउने बाचा अनुसार नै काठमाडाैँ अाएदेखि सिंहदरवार देखि सरकारी दिकाएमा पुगेर खवर दारी गरेकाे अभियानका जिल्ला इन्चार्ज नरवहादुर बिष्टले जानकारी दिए। शुक्रबारपनि मन्त्री शर्मालाइ टावरकाे समस्या र इन्टरनेट समस्या समाधानका लागि पहल गर्दिन अाग्रह गरेकाे विष्टकाे भनाइ छ। शिक्षा,स्वास्थ्य,खानेपानी लगाएत भेरी करिडाेककाे पूर्णता लगाएतका जनताका गुनासा सम्वन्धित निकायमा पुर्याउने नेता विष्टकाे दावी छ।

मन्त्री शर्माले नेपाल टेलिकमकाे सेवा डाेल्पामा विस्तार गर्ने र टावहरू नभएका ठाउँमा निर्माणका लागि तत्काल निर्देशन दिएकाे र जनताका समस्या समाधान गर्ने प्रतिवद्दता जनाउनु भएकाे कर्णाली प्रदेशसभा सदस्य विरवहादुर शाहीले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img