काठमाडौँ ,नेकपा माओवादी केन्द्रको पार्टीलाई व्यवस्थित र सृदृढ गर्न ३ महिने अभियान मुलुकभर जारी छ । “जनजनमा माओवादी, घरघरमा माओवादी” नारासहित ३ महिने अभियान डोल्पामा पनि अभियान लिएर नेताहरू गाउँगाउँ,घरघर पुग्ने क्रम जारी छ। अभियानका क्रममा गाउँगाउँ पुगेर फर्किएका नेताहरू अहिले जनताका गुनासा र समस्या लिएर सिंहदरवारका ढाेका ढकढक्याउन पुगेका छन्।
जिल्लामा ३ महिने अभियानमा डोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नरबहादुर बिष्ट,प्रदेश सांसद तथा पुर्व मन्त्री वीर बहादुर शाही र जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह राेकाया लगाएतका जनप्रतिनिधि तथा पार्टीका नेताहरू गाउँगाउँकाे अभियानपछि जनताका समस्या र गुनासा लिएर सिंहदरवार पुगेका छन्।
उपल्लो डोल्पाका सिमा सुरक्षा बल र इलाका प्रशासन कार्यालय स्थापना सम्मको माग राखि डोल्पाका जनप्रतिनिधिहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएर गृहमन्त्री श्रेष्ठलाई ध्यानाक्रषण गराएका हुन् ।
डोल्पोबुद्ध ,शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाको बीच भागमा पर्ने धो उपत्यका इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको पुर्वमन्त्री बीरबहादुर शाहीले जानकारी दिनुभयाे। ३ वटा गाउँपालिकाको सिमानामा सिमा सुरक्षाबल स्थापना गर्ने गर्न समेत माग गरिएको छ । शे फोक्सुण्डो –१ निजाल र डोल्पोबुद्ध गापा –१ धोमा सिमा सुरक्षाबल राख्न समेत आग्रह गरिएको छ । त्यस्तै नेपाल र चिनको बीचमा रहेको सिमा क्षेत्र तिन्जे , मरिम , क्याटो ,निजालमा राजश्व कार्यालय स्थापना गरी यहाँका नागरिकलाई सहजता ल्याउन समेत आग्रह गरिएको पुर्वमन्त्री शाहीले बताउनुभयो ।
कोभिडको समय देखि अहिले सम्म उपल्लो डोल्पाका चिनसँग जोडिएका नाँकाहरु बन्द भएका कारण त्यहाँका नागरिकले भोग्नुपरेको समस्यलाई समेत अवगत गराएको छ । व्यापारिक नाकाहरु बन्द हुँदा उपल्लो डोल्पाका तीन पालिका भित्रका सर्बसाधारणले भोग्नुपरेको समस्यमा बारेमा समेत व्यापक छलफल भएको छ ।उपल्लो डोल्पामा अहिले सदरमुकामबाट दैनिक उपभोग्य सामग्री लिन निकै चुनौति हुँदै आएको छ । चिनको बाटो हुँदै सामग्री लिएमा भारी मात्रामा खर्च कम हुने गर्दछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपल्लो डोल्पामा खाद्यान्न लिन समेत चुनौति मोल्दै आएको छ ।
कोभिड भन्दा अहिले सम्म त्यहाँका नागरिकले आयोडिन यूक्त अनुदानको नुन समेत प्रयोग गर्न पाएका छैनन् ।