कांग्रेस नेता पौडेल ३ घण्टापछि रिहा, भने ’त्यो घटनाको जति विरोध गरे पनि कम हुन्छ’

काठमाण्डौ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएको छ । निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका नेता रामचन्द्र पौडेल झण्डै तीन घण्टापछि रिहा हुनुभएको हो ।

पौडेलसहित उहाँसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुग्नुभएका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि जानुभएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले नेता पौडेलको सुरक्षाका लागि उहाँलाई नियन्त्रणमा लिएको बताउनुभयो । रिहापछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकोमा आपत्ति जनाउनुभयो । ’तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ’, उहाँले भन्नुभयो, ’उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।’ प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी उहाँले आपत्ति जनाउनुभयो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी, एक वर्षअघि भएको  बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको...

निर्देशन कार्यान्वयन गराउन संसद आफैं क्रियाशील हुनुपर्छः तिमिल्सिना

काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले क्रियाशीलता देखाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको तीन वर्षको सन्दर्भमा राष्ट्रियसभाको...

प्रधानमन्त्रीलाई बिदा गर्ने तर्फ काँग्रेस लाग्नुपर्छ ः गगन थापा

सर्लाही,  नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्ने तर्फ काँग्रेस लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार बिहान...

आज निर्वाचन आयोग जाने कार्यक्रम छैन– प्रचण्ड माधव पक्ष

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूह पार्टी आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग नजाने भएको छ ।अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -