spot_img

तीनकुने हत्याकाण्डः आइतबार थप १ जना पक्राउ

spot_img

काठमाडौं,काठमाडौंको तीनकुनेमा शुक्रबार राति चार जनाको हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन्।प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो।स्रोतका अनुसार हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ।

शुक्रबार राति ११ः५५ बजे काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।

घटनाबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए। शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

शुक्रबार राति १२ बजे प्रहरीको टोली सःमिल पुग्दा ४ जनाको बीभत्स हत्या भएको फेला पारेको थियो।दोलखा घर भई सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नवीन राईको हत्या भएको थियो।

उनीहरूको टाउको र शरीरका अन्य विभिन्न भागमा हतियारले प्रहार भएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।‘शरीरमा धेरै ठाउँमा चोटपटक लाग्ने गरी हिर्काएको छ। राति केही समय घम्साघम्सी भएर हत्या भएको प्रारम्भिक रूपमा देखिन्छ,’ उनले भने।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शनिबार मात्रै हत्यामा प्रयोग भएको धारिलो हतियार ’दाउ’ बरामद गरेको थियो।यो घटना एक जना व्यक्तिले मात्रै पनि गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण गरेको थियो। तर वरपरका सिसीटिभी फुटेज हेर्दा एक व्यक्तिको क्रियाकलाप शंकास्पद देखिएपछि प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरेको थियो। त्यस्तै प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको छ।

घटनाको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएको छ।

समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

तीनकुनेको उक्त सःमिल दोलखाको कालिञञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको हो। उनी दोलखाका एमाले नेता समेत हुन्।हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img