spot_img

चिकित्सकको आन्दोलनले बिरामीलाई सास्तीःसरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

spot_img

काठमाडाैँ,आइतबार चिकित्सकहरूले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्। हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि भएको हातपातको विरोधमा चिकित्सकहरूले सेवा ठप्प पारेका हुन्। सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि हातपात भएको थियो।

नेपाल चिकित्सक संघको घोषणाअनुसार डाक्टर कुटपिट गर्ने घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

चिकित्सकहरूले ‘समृद्धिको आस छैन, सुरक्षा देऊ’, ‘विदेश पलायन हुन बाध्य नपार’जस्ता नारा अस्पतालका सूचना पाटी तथा भित्ताहरूमा टाँसेका छन्। आक्रमणको विरोध गर्दै उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन्।काठमाडौँ । डाक्टरमाथि भएको आक्रमणको विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच छलफल जारी छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाको संयोजकत्वमा वार्ता भइरहेको छ ।

सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव रहेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्की, महासचिव डा सञ्जिव तिवारी लगायत रहेका छन् ।भदौ २७ गते मकवानपुरको हेटौँडामा सन्चो अस्पतालका डाक्टर विकास थापा र डा प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन दवाव दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।

संघले देशभरका ओपिडी सेवा बन्द गर्ने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार नै ५ सदस्यीय वार्ता समिति बताएका थिए। उक्त समितिले अहिले वार्ता जारी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img