spot_img

ओम्नियुज प्लेटफर्म नेपालकाे शुरूवातःडिजिटल ग्राहकहरुमाझ लाेकप्रिय बन्ने अपेक्षा

spot_img

काठमाडाैँ,शैक्षिक संस्था, विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरुलाइ आफ्ना ग्राहक तथा भिजिटरको डेटाहरु संकलन र संसोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज प्लेटफर्म नेपालमा पनि सुरु गरिएको छ । विश्वभरका डिजिटल ग्राहकहरु र संस्थाहरुबीचको समन्वय सिर्जना गर्ने उदेश्यले एप्लिकेशनको सञ्चालनमा ल्याइएको हो ।
उक्त एप्लिकेशन अमेरिकी कम्पनी Digital Formulation LLC ले निर्माण गरेको हो । जसमा गुगल र माइक्रोसफ्ट भन्दा बढी फिचरहरु छ । साथै, एप प्रयोगकर्ताहरुको लागि अनुकूल र कतिपय सुविधाहरु निःशुल्क छ । ओम्नियुज प्लेटफर्म फरकफरक तीन तरिकाले प्रयोग गर्न सकिन्छ ः (वेब एप, मोबाइल एप र कनेक्ट API_ (Web app, Mobile app, Connect API) र एप्लिकेशन एकअर्कासँग जोडिएको छ ।

ओम्जियुज वेब एप्लिकेशनले विभिन्न संघसंस्थाहरुको फर्म बनाउन, प्रकाशित गर्न र पेश गरेको फर्मलाई म्यानेज गर्छ । ओम्नियुज मोबाइल प्रयोगकर्ताहरुले आफुलाई चाहिएको विवरणहरु हेर्न, खोज्न र अप्लाई गर्न सक्नेछन । कनेक्ट एपले मोबाइल र वेब एप्लिकेशनबीच जोड्छ । साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफुलाइ नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ ।

यस सिष्टमको उद्देश्य विभिन्न संघसंस्थाहरु र ग्राहकहरुको फर्म बनाउँदा, प्रकाशन गर्दा, अप्लाई गर्दा हुने समस्यालाई कम गर्ने हो । यसमा नेपाली, हिन्दी र अग्रेजी भाषा समावेश गरिएको छ । जसले गर्दा कुनैपनि संघसस्थाहरुको फर्म खोज्न, हेर्न भर्न सहज हुने र आवश्यक परेका डकुमेन्ट तथा जानकारीहरु प्राप्त गर्न सकिन्छ । एपले आइटी क्षेत्रको विकास र रोजगारी सिजर्ना गर्न सहयोग गर्ने विश्वास छ । ओम्नियुज मोबाइल एप Flutter बाट बनाएको छ जसले गर्दा धेरै मोवाइल मा चलाउन सकिन्छ त्यसैगरी वेब एप PHP र विजनेस लजिक जाभाबाट निर्माण गरिएको छ ।

ओम्नियुज वेबमा रेगुलर र सब्सकृप्सन गरेर दुईवटा संस्करण छ । रेगुलर मोडेल विभिन्न संघसंस्थाहरुको लागि बनाएको हो, यसलाइ संस्थाहरुले आफ्नै सर्भरमा पनि राख्न सक्नेछन । रेगुलर मोडेलमा सुविधाहरु अनुसार मूल्य राखीएको छ । सब्सकृप्सन मोडेल सम्पूर्ण संघसस्थाहरुको लागि निःशूल्क छ । ओम्नियुज एप्लिकेशनमा छोटो समयमा फर्म बनाउन, प्रकाशन गर्न र व्यवस्थापन गर्ने सकिन्छ ।

यस प्लेटफर्ममा स्वचालित प्रक्रिया भएकाले कुनैपनि व्यवसायीहरुलाई व्यापार व्यवस्थित गर्ने, नयाँ फर्म बनाउँदा लागत घटाउन र दक्षता बढान मद्दत गर्छ । एक क्लिक मै प्रकाशन गर्न सकिने र फर्म बनाउँदा छोटो समय लाग्ने भएकाले समयको बचत हुन्छ । फर्म फिल्ड Drag and Drop  मुख्य फिचरको रुपमा छ जसले गर्दा प्राविधिक वा अप्राविधिक सबैले सजिलै सँग फर्म बनाउन सकिन्छ । साथै फर्म फिल्ड्स विभिन्न भाषामा छ ।

ओम्नियुज मोबाइल एप त्यस्ता ग्राहक वा प्रयोगकर्ताहरुको लागि हो, जसले प्रत्येक दिन विभिन्न डिजिटल आवेदन फर्म भर्नु पर्ने हुन्छ । जस्तै ः विद्यालय, कलेज,विश्वविद्यालय, इन्टर्नशिप, जागिर, बैंक खाता खोल्न र सरकारी फारमहरु । साथै, यस एप्लिकेशनमा विश्वभर रहेका कुनैपनि डिजिटल आवेदन फर्महरु खोज्न, हेर्न र आवेदन दिन सकिन्छ । ओम्नियुजको मोबाइल एप आईओएस र एन्ड्रोइड फोनमा निःशुल्क उपलब्ध छ । मोबाइल प्रयोगकर्ताहरुले आफ्नो व्यक्तिगत सूचना र डकुमेन्टहरु एप्लिकेशनमा राख्न सक्नेछन ।
अटोफिल प्रमुख फिचर हो । जसले एक पटक पेस गरेको फर्म स्वःत भर्छ, यसले गर्दा प्रयागकर्ताहरुले उही फर्महरु बारम्बार भर्नु पर्दैन ।ओम्नियुज वेब एप्लिकेशनको उद्देश्य सबै व्यापार सहित स्कुल, केलज, विश्वविद्यालय, मेनपावर, अस्पताल, कर्पाेरेट संस्थाहरु, स्थानिय तथा संघीय सरकार र एनजिओ तथा आईएनजिहरु लगाएतका संघसंस्थाहरुलाई सेवा प्रदान गर्नु हो । जसलाई अनलाइनबाट फर्म भर्न आवश्यक पर्छ ।
ओम्नियुज एप्लिकेशनले गुगल र माइक्रोसफ्टभन्दा उत्कृष्ट सुविधाहरु प्रदान गर्छ । समग्रमा ओम्नियुज एक डिजिटल प्लेटफर्म हो, जसले संस्थाहरुलाई मोबाईल एप र वेबमार्फत डिजिटल ग्राहकसम्म पुग्न सहयोग गर्छ । ओम्नियुजको नेपालको आधिकारिक वितरक तथा प्राविधिक सहकार्य डि–टेक अफिस सिस्टम प्रा.ली  ले गरेको छ । डि–टेकले विगत १५ वर्ष देखी वेब तथा सफ्टवेयर तथा कर्पोरेट सेवा प्रदान गर्दै आएको छ । एप्लिकेशनको मार्केटिङ डिस्कभर सिटी प्रालिले गरेको छ ।

ओम्नियुज प्लेटफर्म नेपाल सबक्रिप्सनमा आधारित ओम्नियुज वेब तथा मोवाइल एप्लिकेशन हो । यसको सेवा २०२३ अप्रिल १४ मा सुरु गरिएको थियो । जुन १५ देखि काठमाडौंका कन्सलटेन्सीहरुलाई लक्षित गरेर मार्केटिङ गरिएको थियो । त्यसपछि ओम्नियुज प्लेटफर्म विभिन्न परामर्शदाताहरूले फर्म बनाउन, प्रकाशित गर्न र व्यवस्थापन गर्न प्रयोग गरेका थिए ।

फर्म बुझाउन ग्राहकहरूले मोबाइल र वेब एपहरू प्रयोग गरेका थिए । ओम्नियुज प्लेटफर्म नेपाल सर्भर र डाटाबेस नेपालमा छ, त्यसैले नेपालीको डाटा नेपाल भित्रै रहन्छ । प्रयोगकर्ताको माग र सयमअनुसार आगामी दिनमा एपलाई थप अभुतपूर्व बनाउदै भविष्यमा थप नयाँ फिचर र व्यवाहारिक बनाउदै लैजाने छौ । ओम्नियुजको ट्रेडमार्क र प्याटेन्ट समेत दर्ता गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img