रूपक यात्री,काठमाडाैँ
ट्रान्सपरेन्सी इन्टरनेशनले एसियाली मुलुकमध्ये नेपाल धेरै भ्रष्टाचार हुने देश भनेर रिपोर्ट सार्वजनिक गरेको छ । तर यो रिपोर्टलाई सरकारले स्विकार गरेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रिपोर्ट तथ्यहिन भएको ठहर गरेको छ । २४ नोभेम्बरमा ट्रान्सपरेन्सी इन्टरनेशनलले ग्लोबल करप्सन ब्यारोमिटर सार्वजनिक गर्दै नेपालमा ५८ प्रतिशत भ्रष्टाचार हुने गरेको र एक वर्षमा भ्रष्टाचार झन् बढेको उल्लेख गरेको थियो ।
एसियाली मुलुकमध्ये नेपाली जनताले सबैभन्दा बढी भ्रष्टाचार गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यतिमात्र नभइ राष्ट्रपति तथा प्रधानमन्त्री, सांसद र सरकारी उच्च अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार धेरै बढेको रिपोर्टमा उल्लेख गरिएको छ । तर यो रिपोर्टलाई सरकारले भने स्विकार गरेको छैन,उल्टै खण्डन ख¥यो ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा भ्रष्टाचारका उजुरी हरेक वर्ष बढिरहेको छन् । आयोगका अनुसार हरेक वर्ष २५ हजार उजुरी पर्ने गर्छन् त्यमध्ये गएको वर्ष ४ सय ४१ मुद्दा विशेष अदालतमा दर्ता भएका छन् । तथ्याँक हेर्दा उजुरी अनुरुप आयोगले आफ्नो सक्रियता बढाउन सकेको देखिंदैन । तर अख्तियार भने आयोगकाे सक्रियता जारी राखेकाे याे वर्षमात्रै बालुवाटार काण्डमा पूर्व मन्त्री सहित ठुला,व्यक्तिलाय समेत कारबाहिकाे दायरामा ल्याएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीकाे दावी छ ।
सरकारले जस्तै अख्तियारले पनि ट्रान्सपरेन्सीको रिपोर्टलाई स्विकार गरेको छैन ।आयोगका प्रवक्ता अधिकारीका अनुसार एसियामै धेरै भ्रष्टाचार हुने गरेको तथ्याँक निकालेर विदेशी एक गैरसरकारी संस्थाले नेपाललाई बदनाम गर्न खोजेको अख्तियारको ठहर रहेकाे बताउनु भयाे ।
नेपालमा पछिल्ला वर्षहरुमा धेरै भ्रष्टाचारका उजुरी परेपनि तर एक विदेशी गैरसरकारी संस्थाको रिपोर्टलाई त्यति बहसको विषय बनाउन जरुरी नरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।