spot_img

विद्यालय बन्द गरेर बालबालिकाको हकमा असर नपुर्याउन शिक्षकलाइ शिक्षामन्त्री राईकाे चेतावनी

spot_img

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कसैले पनि विद्यालय बन्द गरेर बालबालिकाको पढ्न पाउने हकमा असर पु¥याउन नमिल्ने बताएका छन् । उनले सरकारले आठ वर्षसम्म बन्न नसकेको शिक्षा सम्बन्धी विधेयक संसद्मा दर्ता गरेको भन्दै त्यसबारे छलफल समेत सुरू हुन नपाउँदै सरोकारवालाहरूले आन्दोलन थाल्नु आश्चर्यको विषय भएको बताए ।

मंगलबार राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा आयोजित समारोहमा मन्त्री राईले संसद्मा दर्ता भएको विधेयकका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे ।‘आठ वर्षसम्म शिक्षा विधेयक नहुँदा धेरै अलमल सिर्जना भएको छ । आज विधेयक संसद्मा दर्ता मात्रै भएको हो । त्यसबारे संसद्मा छलफलसमेत सुरू भएको छैन । तर उहाँहरूले त्यसको विरोधमा आन्दोलन थाल्नुभएको छ,’ मन्त्री राईले अघि भने, ‘मैले उहाँहरूलाई वार्ताका लागि बोलाउँदा उहाँहरूले त्यसलाई अस्वीकार गर्नुभयो । त्यसपछि मैले लिखितरुपमै विज्ञप्ति जारी गरेर उहाँहरूलाई वार्तामा आउन आह्वान गरेको छु । आज ३ बजे उहाँहरूलाई मन्त्रालयमा वार्ताका लागि बोलाएको छु । उहाँहरू आउनुहुन्छ, र वार्ता हुन्छ भन्ने विश्वास लिएको छु ।’

उनले शिक्षकहरूले बुधबारदेखि विद्यालय बन्द आह्वान गरेकोप्रति टिप्पणी गर्दै कसैले पनि बालबालिकाको पढ्न पाउने हकमाथि असर पु¥याउन नहुने बताए । ‘उहाँहरूले विद्यालय बन्द गर्ने र काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गर्नुभएको छ, यो कति जायज हुन्छ ?,’ मन्त्री राईले प्रश्न गर्दै अघि भने, ‘उहाँहरू आफैं पनि राष्ट्रसेवक हुनुहुन्छ । आन्दोलनका कारण हाम्रा बालबालिकाको पढ्न पाउने हकमाथि असर नपुगोस् भन्ने कुरा हो ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img