spot_img

टीकापुर घटनाका ४ जना कैदी रिहा

spot_img

टीकापुर घटनामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरिरहेका चार जना कैदीबन्दी रिहा भएका छन्।संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा भएपछि कैलाली जिल्ला कारागारमा रहेका तीनजना र पोखराको सुधारगृहमा रहेका एकजना रिहा भएका हुन्।विगत आठ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका कैलालीको जानकी गाउँपालिका–७, मोतीपुरका हरिनारायण चौधरी, सोही गाउँपालिकाको लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिकाको ठाह्रापुरका बीरबहादुर चौधरीलाई रिहा गरिएको हो।

आठ प्रहरी र एक नाबालकसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाकाचोरी मुद्दामा दोषी ठहर भएका तीनै जना जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए। हरिनारायण ५ भदौ २०७२, दिलबहादुर १४ भदौ २०७२ र प्रदीप २० भदौ २०७२ मा पक्राउ परेका थिए।

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा भएपछि टीकापुर घटनाका तीनसहित विभिन्न मुद्दाका नौ जना कैदीबन्दीलाई आज रिहा गरिएको जिल्ला कारागार कैलालीका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए।कारागार प्रमुख तिमिल्सिनाका अनुसार रिहा हुने अन्य कैदीबन्दी चोरी, अवैध हातहतियार, बहुविवाह र सवारी ज्यान मुद्दा सजाय भोगिरहेका थिए।

संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्यद्धय गंगा चौधरी र अरुणकुमार चौधरी, नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीलगायत उक्त पार्टीका नेताहरुले रिहा भएका टीकापुर घटनाका तीनै कैदीलाई कारागारको गेटमा अबिर र खादा लगाएर स्वागत गरेका थिए।

त्यस्तै टीकापुर घटनामा दोषी ठहर भइ तत्कालीन अवस्थामा नाबालक रहेकाले अदालतको आदेशअनुसार पोखराको सुधार गृहमा पठाइएका लट्कनियाकै श्रवणकुमार चौधरी पनि रिहा भएका प्रतिनिधि सभा सदस्य गंगा चौधरीले जानकारी दिए।रेशम भने गत १५ जेठमा गणतन्त्र दिवसका दिन कैदमुक्त भएका थिए। अदालतले उनलाई टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो। चौधरीलाई कैद मुक्त गरिएपछि जघन्य अवराधमा संलग्नलाई माफि दिइएको भन्दै त्यतिबेला सरकार र राष्ट्रपतिको आलोचना भएको थियो।

संविधान निर्माणका क्रममा थरुहट÷थारुवान प्रदेशको माग गर्दै टीकापुरमा भएको आन्दोलनले हिंसात्मक रुप लिएपछि ७ भदौ २०७२ मा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img