spot_img

‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’

spot_img

काठमाडौँ,नेपाली सेनाले जनमुक्ति सेनाबाट नेपाली सेना बनेका यमबहादुर अधिकारीको पदावधि थप गरेको छ । सहायक रथीको विशेष पदमा कार्यरत अधिकारीको सैनिक ऐन तथा नियमावलीको आधारमा तीन वर्ष थप गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसबारेमा हालै बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक स्वीकृति समेत प्रदान गरिसकेको थियो ।

अधिकारीको पहिलो चार वर्षे पदावधि समाप्त हुने मिति भाद्र ३१ गतेबाटै लागु हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी दोस्रो पटक ३ वर्षको पदावधि थप भएको सेनाले जनाएको छ ।

‘पदावधि थप सम्बन्धी नियमित प्रक्रिया अनुरूप नै सैनिक ऐन तथा नियमावलीको आधारमा यो निर्णय भएको हो’, सेनाले भनेको छ। माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन हुँदा अधिकारी महासेनानीको हैसियतले नेपाली सेनामा प्रवेश गरेका थिए ।

धादिङको मार्पाक घर भएका अधिकारी २०७६ असोज १ मा उनी सहायक रथीमा बढुवा भएका थिए

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img