डाेल्पा, जिल्लाकाे मुड्केचुला गाउँपालिकाले चाँडपर्वमा मदिरा सेवन गरेर उश्रृंखल गतिविधि गरे ५० हजार जरीवाना सहित कानुन बमाेजिम कारवाही गर्ने चेतावनी दिएकाे छ।। गाउँपालिकाकाे १,२ र ३ नम्वर वडाद्वारा जारी विज्ञप्तीमा तीज,भदैँ पूर्णीमा,दशैँ र तिहार लगाएतका चाडवाडमा मदिरा सेवन गरेर अनावश्यक हाेहल्ला गर्ने विकृति बढेकाे भन्दै साे निर्णय गरेकाे हाे। गाउँसमाजमा विकृति बढेकाे भन्दै उश्रृंखल गतिविधि कम गर्न ३ पटा वडाहरूले संयुक्त विज्ञप्ती जारी गरेका छन्। यस्ता गतिविधि नगर्न,नगराउन सबैमा अनुराेध गरेकाे छ। अटेरी गरे ५० हजार जरीवाना सहित कानुन बमाेजीमकाे सजाय हुने जानकारी दिएकाे छ। पालिकाकाे अन्य वडामा समेत साेहि अनुसारकाे नियम समेत लागु गर्ने बताइएकाे छ।


















