spot_img

काठमाडाैँको सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

spot_img

काठमाडाैँ, काठमाडाैँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेको चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेको मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएको हो ।

आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, गए राति नै काठमाडाैँ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img