चीनसँग सिमा जाेडिएका उपल्लाे डाेल्पाका ३ सहित मुलुकभरका १४ नाका खुल्ला
रूपक कुलाल,डोल्पा
डाेल्पाका जनप्रतिनिधिहरूले संसद देखि सरकारका विभिन्न मन्त्रीहरूलाइ राखेकाे उपल्लाे डाेल्पासँग सिमा जाेडिएका चीनसँगका नाका खुल्ला गर्दिने माग पुरा भएकाे छ। उपल्लाे डाेल्पासँग सिमा जाेडिएकाे चीनकाे तिब्बत क्षेत्रका ३ वटा नाखा खुल्ने भएका छन्। डाेल्पाका प्रतिनिधिसभा सदस्य धनवहादुर बुढाले परराष्ट्र मन्त्री र संघिय संसदमा समेत उपल्लाे डाेल्पासँग सिमा जाेडिएका नाका काेराेना महामारी देखि बन्द रहेकाेले खुलाउन माग गरेका थिए । यस्तै प्रदेश सभा सदस्य विरवहादुर शाहीले गृहमन्त्रीलाइ भेटेर र माओवादी केन्द्र पार्टीले समेत नाका खुलाइदिन भन्दै ज्ञापन पत्र बुझाएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चीन भ्रमणका बेला पहल गरेर नाका खुलाउने प्रतिवद्दता जनाएका थिए। प्रधानमन्त्री चीन भ्रमणमै रहेका बेला उपल्लाे डाेल्पाका माेरीम र क्याटाे सहित अन्य १ गरि ३ वटा नाका र मुलुकभरका १४ अाेटा नाका खुल्ला गरिएकाे नेपालस्थीत चीनियाँ दुतावासले जानकारी दिएकाे छ। दुतावासले आइतबार साे जानकारी दिएकाे हाे । अव गृहमन्त्रालय हुँदै जिल्ला प्रशासन र स्थानीयतहकाे पहलमा नाका खुल्नेछन्।
हिमाली जिल्ला डोल्पाको उत्तरी भेगमा पर्ने चिनसँग सिमाना जोडिएका मोरिम्ला र क्याटो नाका कोभिड–१९ को संक्रमण देखि बन्द थिए। चिनको स्वसासित क्षेत्र तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टिले ब्यापारीक नाका केही दिनकालागि खुल्नको लागि पहल गर्दिन र यताका मोरिम्ला र क्याटो नाका १ महिनाका लागि भएपनि खोलिदिन उपल्लाे डाेल्पावासीले माग गरेका थिए।
उपल्लो डोल्पाका जनता चिनबाट नुन,तेल,चामल,मोटरसाइकल,लत्ताकपडा लगायतका बस्तुहरु लगाएतका सामग्री ल्याउने र यार्सागुम्वा लगाएतका जडिजुटी बेखाद्यान्न,लत्ताकपडाच्ने गर्दछन्। निश्चित समयका लागि खुलेपनि जनतालाइ निकै राहत मिल्नेछ। नाका खुले उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो,डोल्पोबुद्व र छार्काताङ्सोङ् गाउँपालिकामा जनतालाइ केहि राहत हुनुका साथै ब्यापारिक नाका भएकोले राज्यलाइ समेत टेवा पुग्ने देखिन्छ।


















