spot_img

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

spot_img

नयाँ पत्रिका,
गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी गर्न अर्को निर्देशन दिएको छ । गत १८ कात्तिकमा अर्थमन्त्री स्वयं उपस्थित बैठकले गरेका निर्णयसमेत कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले तीन दिनभित्रमा कोरोना बिमाको दाबी भुक्तानी गर्न बिमा समितिलाई निर्देशन दिएको छ ।

नयाँ पत्रिकाले बुधबार अर्थमन्त्रीको निर्देशन बिमा कम्पनीले नमानेको विषयमा समाचार प्रकाशित गरेपछि मन्त्रालयले बिहीबार अर्को निर्देशन दिएको हो । बिमा कम्पनीले विभिन्न बाहनामा कोरोना बिमाको भुक्तानी रोकेको विषयमा नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि अर्थमन्त्रीले १८ कात्तिकमा बिमा समितिका अध्यक्ष तथा बिमक संघका अध्यक्षसमेतलाई मन्त्रालय बोलाई भुक्तानी छिटो गर्ने गरी निर्णय गराएका थिए । तर, त्यसको एक महिनासम्म पनि दाबी भुक्तानी दिने दरमा कुनै सुधार भएको छैन । ‘कोरोना बिमा दाबी भुक्तानी मापदण्डबमोजिम प्रक्रिया र कागजपत्र पुगेको दाबीको तीन दिनभित्र भुक्तानी गरी दैनिक रूपमा मन्त्रालयमा जानकारी गराउनू,’ अर्थ मन्त्रालयले समितिलाई लेखेको पत्रमा उल्लेख छ ।

त्यस्तै, मन्त्रालयले भेरिफिकेसन गर्न बाँकी दाबीको जतिसक्दो छिटो भेरिफिकेसन सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । भुक्तानी हुन बाँकी रहेको प्रत्येक कम्पनीको छुट्टाछुट्टै विवरण, भुक्तानी हुन नसक्नुका कारण र समस्या समाधानका लागि बिमा समितिले गरेको प्रयासबारे समेत मन्त्रालयमा विवरण पठाउन निर्देशन दिइएको छ । साथै, यस काममा मन्त्रालयबाट सहजीकरणका लागि गर्नुपर्ने विषयहरूसमेत पठाउन समितिलाई निर्देशन दिएको छ ।

एक महिनाअघिको निर्देशनपछि बिमा समिति तथा कम्पनीहरूले दैनिक प्रगति प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्नेमा त्यो नबुझाएको, बिमा समितिले हटलाइन टेलिफोन सेवासमेत सुरु नगरेको र अन्य निर्णयसमेत प्रभावकारी कार्यान्वयन हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना बिमा दाबीसम्बन्धी सबै तथ्यांक सार्वजनिक गर्नसमेत बिमा समिति, नेपाल बिमक संघ र राष्ट्रिय बिमा कम्पनीलाई निर्देशन दिएको छ । कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएको दाबी संख्या, भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, भेरिफिकेसन नभएका वा नक्कली दाबीको संख्या, दाबी भुक्तानी विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

हालसम्म बिमा कम्पनीहरूमा ३२ हजार सात सय ८४ बिमितले तीा अर्ब १८ करोड भुक्तानीका लागि दाबी गरेकोमा १५ प्रतिशत अर्थात् चार हजार नौ सय २९ को ४७ लाख ७७ हजार मात्रै भुक्तानी गरेका छन् । बिमा समितिको तथ्यांकअनुसार गत आइतबारसम्ममा कम्पनीहरूले परेको कोरोना बिमा दाबी रकममध्ये दुई अर्ब ७० करोड भुक्तानी हुन बाँकी छ । यो रकम २७ हजार आठ सय ५५ वटा बिमा दाबीबापतको रकम हो ।

कम्पनीहरूले एक लाख ५७ हजार तीन सय सात कोरोना बिमा बिक्रीबापत ९८ करोड ६० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । राष्ट्रिय बिमा कम्पनीमा मात्रै २५ हजार दाबी परेको स्रोतको दाबी छ । जुन बिमा समितिको तथ्यांकमा समावेश भएको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img