spot_img

काठमाडौं महानगर र ईः का प्रतिनिधिबीच वार्ता सुरु

spot_img

काठमाडौं,साना सडक व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्न माग गर्दै ८ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु भएको छ । वार्तामा अभियन्ता ईः र मेयर बालेन शाह दुवै सहभागी छैनन् ।

ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् । महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

सुरुमा ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उनले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।सातौं दिनमा मेयर शाहले प्रदर्शनरत ईः लाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए । तर नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपनि मेयर र अभियन्ताबीच आरोपप्रत्यारोपको स्थिति सिर्जना भएको थियो ।

महानगरले मंगलबार भने वार्ता टोली बनाएर औपचारिक वार्ताको प्रस्ताव गरेको हो ।वार्ता सुरु हुनु अघि कुरा गर्दै ईः ले दुई महिना अघि बालेनको सचिवालयलाई बुझाएको खाकामाथि पुनर्विचार गर्न आग्रह गरे । उनले भने, ‘मेयरले चुनाव अघि गर्नुभएको आफ्नै वाचा सम्झिदिएर त्यो खाका हेरिदिनु भए हुन्छ ।’

ईः सहित अभियन्ताहरुले बुझाएको खाकामा फुटपाथ व्यवसाय तत्काललाई बिहान र बेलुका अस्तव्यस्त नहुने ठाउँमा खोल्न दिने प्रस्ताव थियो । जफत गरिएका साइकल, गाढा लगायतलाई फिर्ता वा मुआब्जा दिने प्रस्ताव गरिएको थियो । दीर्घकालका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरेर जाने मोडालिटीमा जान सकिने भनिएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img